
|
|
बागलुङ २०७२ भदौ २३ । रोजगारी खोजीमा दलाल मार्फत दिल्ली पुगेका बागलुङका दुई युवती यौन शोषणको शिकार बनेका छन् ।
सउदी अरबमा मासिक ३० हजार तलब र खाना बस्न सित्तैमा पाईने प्रलोभनमा पारी करीब ५ महिना अघि बागलुङका दुई युवतीलाई एक महिला दलालले १ लाख रुपयाँ लिएर दिल्ली लगेर सउदी राजदूतावासका प्रथम सचिवको रुपमा कार्यरत एक कुटनीतिज्ञकी छोरी रोजासंग भेट गराएर सउदी अरब पुराउने विश्वास दिलाएकी थिई ।
भारतीय सन्चारमाध्यमहरुका अनुसार प्रथम सचिव माजिदको घरमा कामदारको रुपमा रहेका ती दुई युवतीहरुले आफुहरुको यौन शोषण गरिएको दिल्लीमा प्रहरी समक्ष उजुरी समेत दिएका छन् ।
रोजाले बागलुङका ती दुई युवतीलाई सउदी अरबको जेद्दा स्थित आफनो घरमा पुराएपछी उनिहरुमाथि यौन शोषण सुरु भएको ती सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ती युवतीहरुले यौन शोषणको बिरोध गरे नराम्ररी कुटपीट गर्ने गरेको पनि सन्चारमाध्यमहरुलाई बताएको उल्लेख छ ।
सउदीबाट माजिदको परिवार दिल्ली फर्किदा ती दुई युवतीहरुलाई साथै लिएर आएका थिए । उनीहरु दिल्लीस्थित एम्बियन्स मलको पछाडी क्यारियोना सोसाइटीको टावर ‘ई’ को फ्ल्याट नम्बर ५०२ मा बस्दै आएका थिए । दिल्ली आइसकेपछि पनि ती दुई नेपाली युवतीमाथि यौन शोषण जारी रहेको बताइन्छ । उनीहरुलाई घरबाट बाहिर निस्कनसमेत दिइएको थिएन । दुई हप्ता पहिले त्यसै घरमा घरेलु सहायकको रुपमा पुगेकी रितुले बागलुङका ती दुई युुवतीमाथी हुने गरेको अत्यार र यौन शोषण देखेर त्यहाँबाट भागेर यो रहस्य बाहिर ल्याएकी हुन् ।
भारतको गुडगाँव स्थित डीएलएफ ११ प्रहरी चौकीमा सामुहिक बलात्कार र आइपीसी अन्य धारा अन्तर्गत यो केस दर्ता गरिएकोछ ।
भारतीय सन्चारमाध्यम नवभारत टाइम्सका अनुसार प्रहरीले गत सोमबार गुडगाँवको एक भवनको पाचौँ तल्लाबाट ती युवतीहरुको उद्धार गरिएको थियो ।
सउदी अरबबाट दिल्ली फर्किएपछी ती दुई महिलामाथि राजनयिक तथा आफना साथीहरुबाट यौन शोषण गर्ने गरेको पनि सो सन्चारमाध्यमले उल्लेख गरेको छ ।
समाचार अनुसार दिल्लीस्थित नेपाली दुतावास, माइती इन्डिया, लाइट हाउस फाउन्डेशन, भारतीय प्रहरीसमेतको मद्दतमा रोजाको घरमा पुगेर टोलीले गत सोमबार ती दुई युवतीलाई उद्धार गरेको छ । दुबै पीडितको बयान लिइ साउदी कुटनीतिज्ञ र उनको परिवारविरुद्ध कानुनी कारवाही अघि बढाइएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
ती युवतीहरु बागलुङ जिल्लाको कुन ठाउँका हुन र कुन महिला दलालले दिल्ली पुराएको हो भन्ने प्रकाशमा आएको छैन ।
Source: Dhaulashree

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

