
|
|
काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव नेपालको संविधान २०७२ जारी गर्नुभएको छ । संविधानसभाका अध्यक्षले संविधान घोषणा गर्नसंविधान आग्रह गरेसँगै राष्ट्रपतिले हस्ताक्षर गरेर निधारमा पुर्याएर ढोगेपछि संविधान जारी गर्नुभएको हो। राष्ट्रपतिले संविधान जारी गर्नु अघी संविधानसभामा रहेका सबै सभासदले तालि बजाएर स्वागत गरेका थिए। हस्ताक्षरको प्रक्रिया पुरा गर्न राष्ट्रपतिले करिव २ मिनेट लगाएका थिए।
करिव ५२ मिनेट ढीलो गरि घोषणा कार्यक्रम शुरु भएको हो। राष्ट्रपतिले जारी हुने संविधानको किताब संविधानसभा भवनमा पुर्याइएको थियो। सभासदहरु र आमन्त्रितहरुलाई वितरणका लागि संविधानको पुस्तक पुर्याइए पनि संविधान जारी गर्ने राष्ट्रपति डा रामवरण यादव भने पूर्वनिर्धारित समयभन्दा करिव एक घण्टा पछि जानुभएको हो।
राष्ट्रपतिबाट घोषणा हुने बित्तिकै संविधानसभा बाहिर आतासवाजी र पट्का पड्काइएको थियो। राष्ट्रपतिले विमोचन झै आसनबाट उठेर संविधानसभालाई संविधानको किताव देखाउनुभएको थियो। अत्यन्त कडा सुरक्षा व्यवस्थाबीच संविधान जारी हुने भएपछि त्यहाँ सुरक्षासँगै सुन्दरताको पनि राम्रो व्यवस्था गरिएको छ। ६ तहको सुरक्षा व्यवस्था गरिएको छ।
यो संविधानसभाको अन्तिम वैठक हो। संविधान जारी भएपछि संविधानसभा स्वत व्यवस्थापिका संसदमा रुपान्तरित हुनेछ।
संविधान जारी भएको केहि बेरमै भारतकप बिदेश मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै नयाँ सङविधानले देशमा सद्भाव, प्रगति र बिकासका आधारशीला खडा गरेको बताएको छ । संविधान जारी गरेको घटनालाई नोट गरेको भन्दै भारत सँग सिमाना जोडिएका तराईका बिभिन्न भागमा हिंसात्मक घटना भईरहेको प्रति गम्भिर चासो व्यक्त गरेको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

