Home » » बागलुङका मुक्तिनाथ बाबा र अजय सुमार्गी सम्बन्धको नालीबेली

बागलुङका मुक्तिनाथ बाबा र अजय सुमार्गी सम्बन्धको नालीबेली

बागलुङ— कमलनाचार्य र सुमार्गीको सम्बन्धको नालेबेली यस्तो छ । यतिबेला धर्मनिरपेक्ष मुलुकका लागि धारा पारित भइसक्यो व्याख्या गलतै भएपनि । धेरै हिन्दू धर्मालम्बीले त्यसलाई अस्वीकार गरेका छन् । तर, धर्मलाई कसरी व्यापारिकरण गरिन्छ ? धर्म के हो ? धर्मको के अनुशासन हुँदैन ? यस्तै प्रश्न अहिले सुमार्गी र स्वामी कमलनाचार्यबीचको सम्बन्धले उब्जाइरहेको छ ।
कमलनाचार्य–सुमार्गी सम्बन्धः १

२०६० वैशाख १ गतेदेखि ७ गतेसम्म देशभर १०८ महायज्ञ लगाउने योजना बनाए स्वामी कमलनाचार्यले । पछि १३२ ठाउँमा स्वःपूर्mतरुपमा महायज्ञ भए । स्वामी कमलनाचार्य त्यही बेलादेखि कहलिएका स्वामी बने । ती महायज्ञबाट ४ करोड ६० लाख रुपैया समेत उठ्यो । हेटौडामा महायज्ञ आयोजना गर्ने बेला त्यसको संयोजक बने अजय सुमार्गी । उनले हेटौडामै २ ठाउँमा विशाल र भव्य रुपमा महायज्ञ सफल बनाए ।



महायज्ञमा उठेको रकमले कमलनाचार्यले भक्तपुरको छालिङमा ६२ रोपनी जग्गा किनेर आश्राम बनाए । कमलनाचार्यको प्रवचन र कामबाट नेपालका ‘हाइप्रोफाइल’का व्यक्तिहरु सम्पर्कमा आए । यी व्यक्तिहरुकै बलमा उनी थप शक्तिशाली बन्दै गए । भनिन्छ, स्वामी कमलनाचार्यको संगत देखेर सुमार्गीले हेटौंडामा महायज्ञ सम्पन्न गरेको साइनो सोझाउँदै नजिक बने । छालिङमा आश्रम बनाउँदा सुमार्गीले डा. उपेन्द्र महतोलाई लोभ्याउन आफूले डेढ करोड रुपैया सहयोग गर्छु भनेर मौखिक वचन दिए । महतोले त्यसको डबल दिन्छु भनेर ३ करोड रुपैयाँ आश्रमलाई दान दिए । तर सुमार्गीले भने बोलेको पैसा दिएनन ।
बरु सुमार्गीले तात्कालिन वनमन्त्री र सचिवलाई आफ्नो पक्ष लिए । झन्डै ८÷१० रोपनी जंगल फँडानी भयोे । भक्तजनहरु भने स्वामीलाई जग्गा दिन आफूहरु नै तयार हुँदाहुँदै किन जंगल फँडानी भयो भनेर अचम्ममा परे । स्वामी कमलनाचार्य भने केही बोलेनन् । पछि बुझ्दै जाँदा सुमर्गीले व्यापारिक प्रयोजनका लागि जंगल फँडानी गरेको पुष्टि भएको कमलनचार्यको ट्रष्टका सदस्यले एभरेष्टदैनिकडटकमलाई बताए । अहिले कमलनाचार्यलाई छालिङ र चितवनमा जंगल फाँडेको आरोप लागि रहेको छ । जंगल फँडानीको आरोपमा त्रिवेणीधाममा बस्ने स्वामी कमलनाचार्यका उत्ताराधिकारी कृष्ण पक्राउ समेत परे ।
कमलनाचार्य–सुमार्गी सम्बन्धः २

स्वामी कमलनाचार्यको योजना बुन्ने एउटा ट्रष्ट छ । जुन ट्रष्टमा तात्कालिन माओवादीबाट सभासद बनेका व्यापारी कृष्ण आचार्य, डा. भोला रिजाल, सुमार्गी, पत्रकार एकराज पाठक लगायत ट्रष्टी छन् । स्वामीले के गर्ने नगर्ने, आर्थिक सबैको योजना ती ट्रष्टीहरुले बनाउँछन । अचम्म के छ भने करोड भन्दा माथिको कुरा आउँदा सुमार्गीतिर प्रश्न उठ्ने गर्छ । “तर, ती कुरा सुमार्गीले कहिल्यै पारदर्शीता गर्दैनन् । बरु स्वामीको दाइने हात सुमार्गी नै बन्ने गरेका छन् ।” ट्रष्टीले भने ।
स्वामी ज्युको लाखौं भक्तजन रहेको त् । तर, एउटै अजय सुमार्गीले उहाँलाई देखाउँदै अनैतिक काम गरिरहेको समेत उनले बताए । “हिन्दू धर्म त्यसै बदनाम भएको होइन । हामीले प्रश्न गर्छौ बैठकमा । सुमार्गीले सबै अपारदर्शी काम मात्रै गर्छन । बाहिर स्वामी ज्युको बदनाम भइसक्यो । हामीले स्वामी ज्युलाई भनिसकेका छौं लाखौं भक्तजन रोज्नु हुन्छ कि सुमार्गी जस्ता २÷४ वटा व्यापारी रोज्नु हुन्छ । विचार गर्नुस् ।’
सम्बन्ध सुधार्दै सुमार्गीले स्वामी कमलनाचार्यलाई यति नजिक बनाए कि २०६१ सालमा भारतमा १०८ महायज्ञ लगाउने प्लान बन्यो । स्वामीहरु खाली भारतबाट मात्रै आउँछन नेपालमा पनि प्रतिभाशाली स्वामी छन भन्ने सन्देश लिएर भारतमा महायज्ञ लगाउने सल्लाह ट्रष्टीहरुले दिएका थिए । भारतमा १०८ महायज्ञ लगाउन लागि १ महिना त्यहाँ रहे स्वामी कमलनाचार्य । भारतमा १०८ को सट्टा ३२६ ठाउँमा महायज्ञ सम्पन्न भयो । ती एक महिना सुमार्गी स्वामी कमलनाचार्यसँगै हिडे ।
भारतमा सँगै हिडेदेखि अहिलेसम्म स्वामी कमलनाचार्यको अघोषित रुपमा एकाउन्टेन्ट भएर आर्थिक चलखेल गर्छन । स्वामी कमलनाचार्यको प्रवचनले उनीप्रति देशका सबै भीआईपीहरु अनुग्रही छन् । उनको पहुँच सहजै पुग्छ । त्यहीँ पहुचलाई सुमार्गीले भरपुर दुरुपयोग गर्दै आएको ती ट्रष्टीले बताए । ‘नेपालमा १३२ ठाउँमा महायज्ञ लगाउँदा ५ करोड उठ्यो । भारतमा झन ३२६ ठाउँबाट कति पैसा उठ्यो ? भनेर ट्रष्टको बैठकमा बारम्बार कुरा उठाउँदा समेत सुमार्गीले केही जवाफ दिएनन् । स्वामीले पनि चासो दिएनन्’, ती ट्रष्टीले भने– ‘महायज्ञ कसरी गर्ने, यातायात, खानपीन सामान्य बारे स्वामी ज्युलाई जानकारी हुन्छ । करोड कुरा त सुमार्गीले नै डिलिङ्ग गर्छन । स्वामीज्यूलाई थाहै हुँदैन ।’

कमलनाचार्य–सुमार्गी सम्बन्धः ३
लामो टुप्पी, खाइलाग्दो ज्यान सुमार्गीको पहिचान हो । अहिले बबरमहल वरपर हुँदै शान्तिनगर गेटसम्म सुमार्गीको घरको चर्चा हुन्छ । महायज्ञ हुन्छ । त्यहाँ गएर उनले करोड रुपैया भन्दा बढि दिन्छु भनेर बोल्छन । केही भक्तजनहरु पनि त्यही आधारमा बोल्दै जान्छन । तर, अरु भक्तजनले बोलेको रकम दिन्छन । सुमार्गी दिंदैनन् । अन्य भक्तजनबाट आएको रकम कहाँ जान्छ ? स्वामी कृष्णलाई पनि थाहा हुँदैन केवल सुमार्गी बाहेक । त्यस्तै उदाहरण गत फागुनमा बागलुङ पञ्चकोटमा भएको महायज्ञमा सुमार्गीले डेढ करोड रुपैया बोले तर, त्यो रकम दिइएको छैन । अन्य धन्याड्य भक्तजनले दिएको रकम कहाँ गयो त्यसको लेखाजोखा राखिएको छैन ।
केही सञ्चारमाध्यममा स्वामी कमलनाचार्य र सुमार्गीको नाम जोडिएपछि स्वामी झस्किएका छन् । सुमार्गी हिन्दू धर्मलाई बदनाम भएको लुकाउन आपैm मिडिया ‘मालिक’ बन्दै छन् । रेडियो मैत्री किने । अहिले त्यसलाई नाम बदलेर रुपचन्द्र विष्टको अभियान ‘थाहा’को त्याग लगाएका छन् । एबीसी टेलिभिजन किने । भुकम्प आएको बेला टेभिजनमार्पmत राहत बाँडेको भाषण निक्कै गरे । केही ठाउँमा स्वामी कमलनाचार्यलाई पनि देखाए । पछि टेलिभिजनलाई दुरुपयोग गरेको देखेपछि अर्का सञ्चालक शुभशंकर कँडेल झस्किए ।
कँडेलले आपूm फस्दै गएको देखेपछि पहिले सहमति अनुसार रकम दिन सुमार्गीलाई आग्रह गरे । सुमार्गीले कागज गरे अनुसार रकम र आचरण नदेखाए पछि कँडेल उनीसँग रिसाए । विस्तारै कँडेल र सुमार्गीको सम्बन्धमा दर्रार आएपछि त्यहाँबाट सुमार्गी बाहिरिए । अहिले सुमार्गीले रेडियो, अनलाइनसँगै अर्को टेलिभिजन खोल्ने तयारी गर्दै छन् । त्यसका लागि अहिले कान्तिपुर टेलिभिजन छोडेका वरिष्ठ पत्रकार तिर्थ कोइराला सहितको टिमले गृहकार्य गरिरहेको छ ।
मुलुक धर्म निरपेक्ष त भयो । तर, एउटै व्यापारी सुमार्गीले रुपचन्द्र विष्ट जस्ता जनमुखि राजनीतिज्ञ अग्ला व्यक्तिको आर्दश ‘थाहा’ र लाखौं भक्तजन भएका स्वामी कमलनाचार्यको पूर्वीय दर्शनलाई कसरी प्mयुजन गर्छन हेर्न बाँकी छ । रुदानेकै शब्दमा भन्ने हो भने–
‘जो जत्ति शक्तिमा छ
समाज सप्रे–बिग्रेकोमा
त्यो त्यत्ति जिम्मेदार छ ।’
जनमुखि राजनीतिज्ञ रुदानेकै भाषामा भन्दा हरेक कुरा थाहाबाटै शुरु हुन्छ । थाहा पाउन सकियो भने त्यही जीवनको सार पनि हो । कमलनाचार्यका भक्तहरुले सुमार्गीको अपारदर्शिता र ट्रष्टका नाममा उनले लिइरहेको फाइदाबारे औंला ठड्याएका छन् । धर्मको आडमा, भक्तजनहरुको भावनाको उपयोग गर्दै शक्तिको प्रयोगले समाज सपार्न–बिगार्न खोज्नेहरुमाथि ट्रष्टीहरुले पनि प्रश्न उठाएका छन् । योसँगै कमलनाचार्य स्वयंले भने यस्ता प्रवृत्तिलाई किन संरक्षण दिइरहेका छन् त भन्ने पनि ‘थाहा’ पाउनै पर्छ । (एभरेष्ट दैनिक अनलाइनबाट साभार )

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}