Home » » असोज ३ गते बेलुकी ५ बजे नयाँ संविधान आउने

असोज ३ गते बेलुकी ५ बजे नयाँ संविधान आउने

काठमाण्डौ, भदौ २८ । नयाँ संविधान असोज ३ गते बेलुकी ५ बजे जारी हुने भएको छ । संविधानसभामा भव्य समारोह गरी राष्ट्रपति डाक्टर रामवरण यादवबाट जारी गर्ने कार्यक्रम संविधानसभा सचिवालयले तयार पारेको  छ। योसँगै संविधानसभाबाट संविधान ल्याउने जनताको ००७ सालदेखिको चाहना पुरा हुने भएको छ ।

असोज ३ गते बेलुकी ५ बजे संविधान जारी गर्ने  राष्ट्रपतिलाई निम्तो दिन सोमवार संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ शीतल निवास जाने तय गरिए पनि राष्ट्रपतिले दिएनन् । व्यस्तताका कारण समय दिन नसकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तर असन्तुष्ट दलका माग सम्बोधन नगरिएकोमा असन्तुष्ट रहेका दललाई त्यसैकारण समय नदिएको पनि चर्चा छ । ‘ त्यही समयमा प्रधानन्त्रीलाई भेट्ने कार्यक्रम तय भएकोले दिन नसकिएको हो । भोलिसमय मिलिहाल्छ ।’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने ।

संविधानसभाले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को ४ भाग र ५७ धारा पारित गरेको छ। आईतवारको बैठकले धारा १, २ र ३ पास गरेको थियो भने अरु धारा सोमवार पारित भएको हो । संविधानको विधेयकमा ३०२ धारा र ९ अनुसूची छन्।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}