Home » » आजको राशिफल

आजको राशिफल

आज वि.सं. २०७२ आश्विन १२ गते मङ्गलबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर २९ तारिख
आश्विन कृष्ण प्रतिपदा, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा, ध्रुव योग, गर करण
आजको व्रत/पर्व : सोह्रश्राद्धअन्तर्र्गत द्वितीया श्राद्ध, नेवारी पर्व पुञ्चलीभुजा
भोलिको व्रत/पर्व : सोह्रश्राद्धअन्तर्गत तृतीया श्राद्ध, नेवारी पर्व गातिला,
भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी),


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । नचाहेको जिम्मेबारी आइलाग्छ, मनमा उत्साह देखिंदैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । खर्चको मात्रा बढ्न सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थितिमा देखिएको खराबीले चिन्तित तुल्याउन सक्छ । पेसा, व्यवसाय वा नोकरीमा संलग्न व्यक्तिले भनेजस्तो सफलता नपाउन सक्छन्, तर निराश हुनुपर्दैन । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । झिनामसिना घरायसी काममा आजको समय व्यतीत हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज शत्रु नै भए पनि कसैको आलोचना वा विरोध नगर्नु राम्रो हो, नत्र भाग्यको मार्गमा अवरोध आउनसक्छ । प्रेम र भाइचाराका लागि दानपुण्यमा सहभागी हुनु भएमा रोकिएको काम बन्नसक्छ । तपाईंका विचार र भावनालाई बेवास्ता गर्नेहरूको क्रियाकलापले मनमा विरक्तिको भाव बहन सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
काममा बाधाअडचन उत्पन्न हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या देखा पर्नेछ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा समेत बेफाइदा नै हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चौथो चन्द्रमा भए पनि शुभ ग्रहको दृष्टिले घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बन्दव्यापारमा सामान्यतया राम्रै छ । घरमा आफूभन्दा मुनिका नातेदारको समस्यामा रुमल्लिनु पर्ने हुनसक्छ । झैझगडा र विवादमा मध्यस्थता गर्नु पर्नेछ । बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला । परोपकार र धार्मिक क्षेत्रमा खट्नु पर्ने छ । मनमा विरक्ति र निराशाका भावना मँडारिने सम्भावना छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । सामाजिक काममा संलग्न हुनुपर्ला । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारबाट लाभ पाइने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सामाजिक वा छरछिमेकीका काममा खट्नु पर्नेछ, तर जस र प्रतिष्ठाको सम्मान नहुन सक्छ, अन्त्यमा कताकता निराशाबोध हुनसक्छ । आत्म–विश्वासमा कमी आउने छ । विशिष्ट व्यक्तित्वसित विवादको सम्भावना छ । पारिवारिक जमघटमा नमज्जा हुनसक्छ । मन पर्ने वस्त्र, अलङ्कार आदि प्रयोग गर्न पाइने छैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}