Home » » बुर्तिवाङमा अहिले सम्मकै विशाल जनसमूह द्वारा अखण्ड बागलुङको माग !

बुर्तिवाङमा अहिले सम्मकै विशाल जनसमूह द्वारा अखण्ड बागलुङको माग !

राम सुवेदी, बुर्तिवाङ २०७२ भदौ १७ । बागलुङ जिल्लाको पश्चिम व्यापारिक केन्द्र बुर्तिवाङ बजारमा बुधवार अखण्ड बागलुङको माग गर्दै विशाल जन समुहले बजार परिक्रमा गरिरहेको छ ।

सो प्रदर्शनमा तमान, बोँगादोभान, खुँगा, खुंखानी, अधिकारीचौर, बोवाङ, निसी, बोहोरागाउँ, दर्लिङ, भीङगिठे, बुर्तिवाङ, राजकुत लगायतका गाविसहरुबाट बुर्तिवाङ बजारमा भेला भएको मानव सागर अहिले सम्मको विशाल भएको स्थानीयले बताएका छन् । उनिहरुको शव्दमा यो मानव सागर बुर्तिवाङको लागि ऐतिहासिक हो र यसले निसीभूजी क्षेत्र अखण्ड बागलुङको पक्षमा कतिसम्म आन्दोलित भन्ने प्रमाण हो ।

बुर्तिवाङ बजारमा घर छ हामीलाई के को डर छ भन्ने मनस्थितिका केहि स्थानीय नेताहरुले अखण्ड बागलुङको विपक्षमा मत जाहेर गर्दै केहि व्यक्तिको प्रतिनिधी मण्डल राजधानी गएपछी यस क्षेत्रका जनताहरु बागलुङ टुक्राउने खेलमा लागेकोमा बिरोध स्वरुप आज यसरी निसीभूजी क्षेत्रका जनता भदौको चर्को घाम नभनी बुर्तिवाङ बजारमा उत्रिएको स्थानीयले बताएका छन् । बुर्तिवाङ बजारमा उर्लिएको जन जनसागरमा प्रत्यक गाविसमा क्रियाशील राजनीति दलका स्थानीय नेता र कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको छ ।

हजारौँको संख्यामा बुर्तिवाङ बजारमा एकत्रित जनसमुहले अखण्ड बागलुङको माग गर्दैै विभिन्न गगनभेदी नारा लगाएका थिए ।

यसैबीच आज बुर्तिबाङमा जनप्रदर्शन भएपछि एक सभाको आयोजना गरिएको थियो । आयोजित कार्यक्रमका बोल्ने बक्ताहरुले, बागलुङ जिल्लालाई अखण्ड राख्दै पश्चिम बुर्तिबाङबाट प्रवाह हुँदै आएको सेवालाई थप विस्तार गर्नुपर्ने दायित्व आएकाले, विखण्डन गरेर यहाँबाट प्राप्त सेवालाई समेत हरण गर्ने खेलका विरुद्ध एकता वद्धहुनुपर्नेमा जोड दिएका छन् । अखण्ड बागलुङको आन्दोलन चर्किको बेला बागलुङलाई विभाजन गरिनु पर्छ भन्नेहरु केही दलगत स्वार्थ र विषेश गरि व्यक्तिगत स्वार्थसँग जोडिएका व्यक्ति मात्र भएकाले, यो आन्दा्ेलनले बागलुङलाई विखण्डन गर्न नसक्ने बक्ताले बताएका छन् ।
यसैबीच राष्ट्रिय जनमोर्चालृ संघीयताले देशलाई खण्डित पार्छ भन्दै आएकोमा अहिले त्यस्तै भएको समेत वक्ताको भनाई थियो । अखण्ड बागलुङको पक्षमा क्षेत्र नं. ३ मा गठन भएको आन्दोलन परिचालन समितिका संयोजक तारानाथ शर्माको अध्यक्षता रहेको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य अर्जुन शेरचन, राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, नेपाल किसान संघका केन्द्रिय सदस्य धीर प्रताप शिंह, राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष टेकबहादुर घर्ति मगर, नेपाली काँग्रेसका जिल्ला सहसचिव गण्डकी थापा अधिकारी, जिल्ला सदस्य मेषलाल शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य दुर्गादेवी घर्ति मगर, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष मेखबहादुर पाईजा, नेपाली काँग्रेसका पूर्व क्षेत्रीय अध्यक्ष डिलेन्द्र रामजाली, वर्तमान क्षेत्रीय उपसभापति भरत केसी, महाधिवेशन प्रतिनिधि पदम विक, अखिल नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष केशकुमारी बुढा, शिक्षक प्रतिनिधि वेदबहादुर बुढा, नेविसंघका जिल्ला अध्यक्ष जोकलाल बुढा लगायतले बालेका थिए ।
Source: Dhaulashree

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}