Home » » पोर्नस्टार मिया खलिफाले भनिन् - म भारतमा पाइला राख्न चाहन्न

पोर्नस्टार मिया खलिफाले भनिन् - म भारतमा पाइला राख्न चाहन्न

कलर्स टेलिभिजनबाट हरेक वर्ष प्रसारण हुँदै आएको बिगबोसको यो वर्षको संस्करणमा पोर्नस्टार मिया खलिफाले सहभागिता जनाउने समाचार आएको थियो। यसअघि इन्डियन मूलकी पोर्नस्टार सनि लियोनीलाई सहभागी बनाएको बिगबोसले मिया खलिफालाई ल्याएर उनको बलिउड करिअर सुरुवात गराउन खोजेको बताइएको थियो।

खलिफा बिगबोसबाटै इन्ट्री गरेर हाल मेनस्ट्रिम चलचित्रकी नायिका भैसकेकी सन्नी लियोनीकै पथमा हिँड्न सक्ने अनुमान धेरैले गरेका थिए, तर खलिफाले ट्विटमार्फत यी सबै कुराको खण्डन गरिदिएकी छिन्।

बिगबोसको फाइनल कन्टेस्टेन्ट भनिएकी खलिफाले ट्विटर मार्फत भनिन्– ‘तपाईंहरूलाई प्रस्ट पार्न चाहन्छु, म भारतमा पाइला राख्न चाहन्न, बिगबोसमा आउन मैले चासो दिइरहेको भनेर खबर फैलाइएको छ, त्यस्तो भ्रममा नरहन आग्रह गर्छु, म आउने कुनै सम्भावना छैन्।’ पछिल्लो समयमा टपरेटेड पोर्नस्टार्समा परेकी खलिफा २२ वर्षकी छिन्। लेबनानमा जन्मिएकी खलिफा हाल मियामीमा बस्छिन्।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}