Home » » प्रहरीले पक्राउ गरेपछि अर्चनाले त्यागिन् पोर्नस्टार बन्ने सपना

प्रहरीले पक्राउ गरेपछि अर्चनाले त्यागिन् पोर्नस्टार बन्ने सपना

आमा अझै ब्यग्र छिन् छोरीलाई 'सन्नी लियोनी' बनाउन
यी हाम्रै नेपालकी एक आमा हुन्, जो छोरीलाई पोर्नस्टार बनाउन चाहन्छिन् । उनले हदभन्दा अगाडि बढ्दै कलिली छोरीलाई नंग्याएर आफैंले फोटोसुट पनि गराइन् र फेसबुकमा हालिन् ।
परिणामस्वरुप प्रहरीले दुबै आमाछोरीलाई पक्राउ गर्न बाध्य भयो ।
जब कुनै आमाले आफ्नी छोरीलाई सन्नी लियोनीजस्तै बनाउँछु भन्छिन् भने सोचौं नेपाली समाज कतिसम्म ‘मोर्डन’ भइसकेछ ।
आमा सुनिता पनेरु खुलेआम भन्छिन्, ‘मेरी छोरीको सानैदेखिको सपना हो पोर्नस्टार बन्ने । छोरीको सपना साकार बनाउन एउटी आमाले जे त्याग पनि गर्न सक्छे र म गर्छु ।’
सुनिताकी पोर्नस्टार बन्न लालायित १७ वर्षीया छोरी अर्चना भर्खर १० कक्षाकी विद्यार्थी हुन् । निर्दोष अनुहारकी यी किशोरीमा कसरी पोर्नस्टार बन्ने भूत सवार भयो ? नबुझेर हो ? कि चर्चामा आउनका लागि प्रपोगण्डा गरेका हुन् यी आमाछोरीले ?
होइन । अर्चनाले जानेबुझेरै यो सपना पालेकी हुन् । ‘पोर्नस्टार सपना’ मा आमाछोरी दुवै अति सिरियस छन् । आमा सुनिता यसरी गफ गर्छिन् कि मानौं छोरीलाई उनले समाजसेवामा लगाउन खोजेकी छिन् , तर यसमा प्रहरीले रोकावट गरेको छ ।
सन्नी लियोनीको नग्न फोटो र फिल्महरु हेरेर आफूले प्रेरणा लिएको अर्चना बताउँछिन् । ‘मलाई सानैदेखि न्यूड फोटो खिच्न इन्ट्रेस्ट थियो,’ उनले अनलाइनखबरसित टेलीफोनमा भनिन्, ‘मम्मी र ड्याडीले मलाई बाटो देखाउने काम गर्नुभयो ।’
एक वर्ष अघिदेखि आफूले बाबुआमाको सहयोगमा न्यूड फोटोसुट गर्न थालेको अर्चनाले बताइन् । दुई साताअघि उनले फेसबुक पेज खोलेर आफ्ना केही ‘सेमी न्यूड’ फोटोहरु पोष्ट गरेकी थिइन् ।
ती मध्ये एउटा तस्बिरमा उनी सर्वांग नग्न छिन् र गोप्य अंगहरुलाई फुलको थुंगाले छोपिएको छ । एउटा टपलेस फोटोमा वक्षस्थललाई हत्केलाले छोप्ने प्रयास गरेकी छिन् । ‘सबै फोटोहरु घरमा नै खिचेका हौं,’ अर्चनाले अनलाइनखबरसँग भनिन्, ‘मम्मीले यी फोटो खिचिदिनुभएको हो, ड्याडी पनि सँगै हुनुहुन्थ्यो ।’


पनेरु परिवारको नालीबेली
कञ्चनपुर-३ भासीमा बस्दै आएको छ पनेरु परिवार । सुनिता उनकी कान्छी श्रीमती हुन् । उनीहरुका एक छोरी र एक छोरा छन् । अर्चनाका भाइ कक्षा ८ मा पढ्छन् । वरिपरिका छरछिमेकीसित यो परिवारको खासै सम्वन्ध छैन ।
पनेरु परिवार पहिले भारतको मुम्बईमा बस्थ्यो । आठ वर्षअघिदेखि नेपाल आएर बस्न थालेका उनीहरुसित छरछिमेकीहरु नजिक हुन चाहँदैनन् । पनेरु दम्पत्ति के काम गर्छन् भन्ने पनि कसैलाई थाहा छैन ।



विद्यालयले निकाल्यो
स्थानीय लिटिल बुद्ध स्कुलमा कक्षा १० मा अध्ययनरत अर्चनालाई सो विद्यालयले निस्कासन गरेको छ । प्रहरीले आफूहरुलाई पक्राउ गरेलगत्तै विद्यालयले निस्कासन गरेको अर्चनाले बताइन् ।
अर्चना पढाइमा औधी तेज रहेको आमा सुनिता बताउँछिन् । ‘पहिले सँधै फस्ट हुन्थी छोरी । यो स्कुलमा आएपछि षडयन्त्र गरेर थर्ड, फोर्थ बनाइयो ।’
स्कुलले निकाले पनि छोरीको करिअरमा केही फरक नपर्ने सुनिता बताउँछिन् ।
प्रहरी कार्यालयमा के-के भयो ?
अर्चनाका अश्लील तस्बिरहरु फेसबुकमा पोष्ट भएपछि कञ्चनपुर प्रहरीमा गाउँलेको उजुरी परेको थियो । प्रहरीले बिहीबार अर्चनाका आमाछोरीलाई पक्राउ गरी कागज गराएर छाडेको छ ।
अब आइन्दा अश्लिलता फैलाउने काम नगर्ने लिखित प्रतिवद्धतापछि उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकी प्रहरी नायब निरीक्षक डम्बकला कार्की चन्दले अनलाइनखबरलाई बताइन् ।
प्रहरीले पनेरु परिवारलाई दिनभरि प्रहरी चौकीमा राखेर सम्झाएको थियो । पटक-पटक सम्झाउँदा पनि आमा सुनीताले छोरीको इच्छा पूरा गराउन पछि नहट्ने अड्डी लिएकी थिइन् । ‘मेरी छोरीलाई पोर्नस्टार बन्न नदिने तपाईंहरु को हो ?’ आमा सुनिताको भनाइ उद्वत गर्दै चन्दले भनिन्, ‘यो ठाउँमा बसेर गर्न पाइन्न भने अर्को ठाउँमा गएर गर्छौं ।’
तर, प्रहरीले नेपालका कुनै पनि ठाउँमा गएर अश्लीलता फैलाउने काम गर्न नपाइने भन्दै अन्यथा साइबर क्राइममा मुद्दा चलाउने चेतावनी दिए । तर, त्यति गर्दा पनि सुनीता डगिनन् । ‘म जस्तोसुकै लडाइँ लड्न पनि तयार छु, तर छोरीलाई पोर्नस्टार बनाएरै छोड्छु,’ प्रहरीलाई औंला तेर्स्याउँदै उनले भनिन् ।
‘हामीले निकै आग्रह गर्दा पनि मान्नुभएको थिएन, समाजका व्यक्तिहरु र पत्रकारले दबाव दिएपछि बल्ल कागजमा सही गर्न तयार हुनुभएको हो,’ प्रहरी स्रोत भन्छ ।
तर, प्रहरीसित कागज गरेर घर आएपछि पनि सुनीताको सोचमा परिवर्तन आएको छैन । उनी भन्छिन्, ‘हिजो प्रहरी कार्यालयबाट फर्केदेखि मेरी छोरीले केही खाएकी छैन, रोएको रोयै छे । म उसको आँखामा आँशु देख्न सक्दिँन ।’
म अब यस्तो काम गर्दिँन : अर्चना
छोरी अर्चनाले भने अब आइन्दा यस्तो काम नगर्ने बताएकी छिन् । गला अवरुद्ध पार्दै उनले फोनमा भनिन्, ‘मलाई सबैले नराम्रो भन्नुभयो, अब यस्तो फोटो खिच्दिनँ । पोर्नस्टार बन्ने सपना हिजैबाट त्यागिदिएँ ।’
एकचोटिलाई छाडिदिएका हौं
डम्बकला कार्की चन्द, प्रहरी नायब निरीक्षक
अर्चना पनेरु र सुनिता पनेरुका विषयमा हाम्रो कार्यालयमा अस्ति निवेदन आएको थियो । हामीले हिजो उहाँहरु दुवैजनालाई पक्राउ गरेर ल्यायौं । सोधपुछका क्रममा उहाँहरुले फेसबुकको फोटोहरु आफैंले राखेको भनेर स्वीकार्नुभयो ।
आमा सुनिताले छोरीलाई पोर्नस्टार बनाउनका लागि यस्तो फोटोहरु खिचेको भन्नुभयो । उहाँको भनाइ सुन्दा कतै आमाले नै करकापमा पारेर फोटो खिचेको त होइन भन्ने पनि लाग्यो । त्यसैले छोरीलाई छुट्टै राखेर सोधपुछ गर्दा उनले आफ्नो इच्छाअनुसार नै आमाले फोटोसुट गरिदिएको बताइन् । सन्नी लियोनीजस्तै पोर्नस्टार बन्ने उनको रहर रहेछ ।
हामीले आमाछोरीलाई राखेर धेरै सम्झायौं । तपाईंहरुले आफ्नी छोरीको लाइफ बर्बाद गर्दै हुनुहुन्छ र समाज बिगार्ने काम गर्दै हुनुहुन्छ, नेपालमा यस्तो चल्दैन भन्दा उल्टै हामीलाई पाठ सिकाउन खोजिन् ।
सुनीता कुनै हालतमा पछि हट्न तयार भइनन् । पछि हामीले केटीका बुवालाई पनि झिकायौं । उहाँले चाहिँ आफ्नो इच्छाविपरीत आमा र छोरीले यस्तो काम गरेको बताउनुभएको छ । आमा र छोरीले उहाँलाई खासै नटेर्ने गरेको देखिन्छ ।
त्यहाँ थुप्रै गाउँले भद्रभलादमी र पत्रकारहरु जम्मा हुनुभयो । सबैजनाले एकै स्वरमा विरोध गरेपछि बल्ल अब आइन्दा यस्तो गर्दैनौं भनेर कागज गर्न तयार हुनुभयो । कागज गरेर उहाँहरुलाई छोडिदियौं ।
पहिलोपटक भएकाले सुध्रने मौका दिएका हौं । भविश्यमा के गर्नुहुन्छ, हामी हेर्नेछौं । फेरि यस्तो काम दोहोर्‍याउनुभयो भने साइबर क्राइममा मुद्दा चलाउँछौं ।
छोरीलाई पोर्नस्टार बनाएरै छोड्छु
सुनिता पनेरु, आमा
अरु आमाहरु आफ्ना छोरीलाई डाक्टर, इन्जिनियर बनाउन चाहन्छन् । तर, तपाईं पोर्नस्टार बनाउन चाहनुहुन्छ । यो त उदेकलाग्दो कुरा भएन ?
यसमा उदेक मान्नुपर्ने के छ ? दुनियाँमा पोर्नस्टार बनाएर नाम कमाएका कति केटीहरु छन् ? मेरी छोरीले पोर्नस्टार बन्न खोजेर के गलत गरी ? मैले उसको सपना साकार पार्न सहयोग गरेर के गलत गरेँ ? छोराछोरीको इच्छा पूरा गरिदिनु आमाबाबुको कर्तव्य होइन र सर ?
छोरीलाई सम्झाउने प्रयास कहिल्यै गर्नुभएन ?
किन सम्झाउने ? उ पोर्नस्टार बनेर नाम कमाउन चाहन्छे भने यसमा गलत के छ ?
पोर्नस्टारले के के गर्नुपर्छ भन्ने त तपाईंलाई राम्रैसित थाहा होला । कि नबुझेर यो सब भनिरहनुभएको छ ?
राम्रोसित थाहा छ । पोर्नस्टार पनि धेरै क्याटागोरीका हुन्छन् । मेरी छोरीले पोर्न मुभीमा खेले पनि ‘एक्सट्रिम सीनहरु’ गर्दिँन भनेकी छ । उसले सिंगल सीनहरु सबै दिन्छे । सेक्सको सिनहरु चाहिँ बिचार गरेर मात्रै दिन्छे । सेक्समा पनि त धेरै किसिमका सिनहरु हुन्छन् । उसले गलत सीनहरु गर्दिँन ।
आफैंले छोरीको नांगो फोटो खिच्न कत्ति पनि लाजसरम र आत्मग्लानी भएन तपाईंलाई ?
बिलकुलै केही भएन । मलाई कहिले पनि लागेन कि म कुनै नराम्रो काम गरिरहेकी छु । हामीले घरभित्रै बसेर फोटोसेसन गरेका हौं । उसको ड्याडीले पनि यसमा सपोर्ट गर्नुभएको छ ।
बिगतमा तपाईंको पनि थियो कि पोर्नस्टार बन्ने सपना ? आफैंले कहिल्यै नांगो फोटो खिचाउनुभएको छ ?
रहर त धेरै थियो । त्यतिबेला मलाई यस्तो काम गर्न परिवारले छुट दिएन । तर, म छोरीलाई त्यस्तो बन्देजमा राख्न चाहन्न ।
प्रहरीले आइन्दा यस्तो काम नगर्नु भनिसकेको छ, अब कसरी बनाउनुहुन्छ छोरीलाई पोर्नस्टार ?
मेरी छोरी हिजो प्रहरी कार्यालयबाट फर्केपछि बेहोशजस्तै भएकी छे । रातभरि रोएर बिताई । हजुरले भन्नुस् त, म एउटी आमा भएर कसरी उसको आँखामा आँशु हेर्न सक्छु ? उसको सपना पूरा गर्न म जस्तोसुकै लडाइँ लड्छु । छोरीको आत्मालाई रुवाएर म कहिल्यै हाँस्न सक्दिँन ।
उसको इच्छालाई मार्नु भनेको म जिउँदै मरेसरह हो । त्यसैले म समाजसित हात जोडेर आग्रह गर्छु, हामी आमाछोरीलाई ज्यूँदै नमार्नुस् ।
अब यस्तो काम गर्दिँन
अर्चना पनेरु
तिमीलाई पोर्नस्टार बन्ने सोख कसरी पैदा भयो ?
मेरो सानैदेखिको इच्छा थियो । सन्नी लियोनीको न्यूड फोटो र मुभीहरु हेरेर ‘इन्स्पायर’ भएकी हुँ । उहाँ नै मेरो आइडल हो ।
बुवाआमाले कहिल्यै यो काम ठीक होइन भनेर सम्झाउनुभएन ?
उहाँहरु सधैं मेरो फुल सपोर्टमा हुनुहुन्छ । जहिले पनि मलाई हौसला दिँदै आउनुभएको छ । फोटोसुट पनि उहाँहरुले नै गरिदिनुभएको हो ।
नेपालमा त यस्ता फिल्म बनाउन र खेल्न पाइँदैन । कुन देशमा गएर खेल्ने सोचेकी थियौ ?
मैले कहिल्यै पनि विदेश जाने सोच बनाइँन । नेपालमै बसेर यो फिल्डमा केही गर्छु भन्ने सपना थियो । मलाई लाग्छ, भविश्यमा नेपालमा पनि पोर्न फिल्महरु खुला हुन्छन् । त्यसैका लागि तयारी गरेकी थिएँ ।
एकातिर प्रहरीले पक्राउ गर्‍यो, अर्कोतिर स्कुलले निकालिदियो । यो काम ठीक होइन रहेछ भन्ने थाहा भयो होला नि अब ?
हो, सबैजनाले नराम्रो भन्नुभएको छ । नेपालको समाजमा यस्तो चल्दैन रहेछ । प्रहरीले भनेको मान्नैपर्छ । त्यसैले अबदेखि यस्तो काम गर्दिँन । हिजोको दिनदेखि मोडलिङ नै छोडिदिएँ । पढाइलाई कसरी अगाडि बढाउने भनेर मम्मी ड्याडीसित सल्लाह गर्छु ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}