Home » » ३ वर्षीया बालिका बलात्कृत

३ वर्षीया बालिका बलात्कृत

भाद्र १६, २०७२- कैलालीको चौमलामा ३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । उनको उपचार सेती अञ्चल अस्पतालमा भइरहेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार करिव राति ९ बजे घरमा कोही नभएको मौकी छोपी अज्ञात व्यक्तिले बालिकालाई अपहरण गरि बलत्कार गरेको हो । पीडित बालिकालाई स्थानिय जंगलबाट मंगलबार बिहान बेहोस अवस्थामा उद्धार गरिएको थियो ।

जंगलमा स्थानीय जितबहादुर चौधरीले बेहोस अवस्थामा देख्दा उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई शंकाको घेरामा राखेर पक्राउ गरेको छ । घटना सम्बधमा थप अनुसनधान भइरहेको प्रहरीले बताएको छ ।

घटनाको राति पीडित बालिकालाई एक्लै छाडेर उनकी आमा ७ वर्षीया जेठी छोरी लिन छिमेकीको घरमा गएकी थिइन् । छिमेकमा महिला तीज मनाउँदै थिए ।

'घरमा बलात्कृत अवोध छोरी र कोखे बच्चालाई सुताएर जेठी छोरी लिन गएकी थिएँ,’ पीडित आमाले भनिन्, ‘फर्कँदा छोरी थिइन । यताउता छिमेकमा हल्लाखल्ला र खोजी भयो । भेट्टिएन । प्रहरीलाई जानकारी गराईयो । कल्ले लग्यो भन्ने चिन्ताले रात भएर रुएर बसियो । एकाबिहानै जंगलमा छोरी भेट्टिएको खबर आयो ।’
Source:Ekantipur

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}