Home » » लोग्ने काम गर्न भारत जान्छन्, उतै हराउँछन – श्रीमती कुर्या कुर्यै

लोग्ने काम गर्न भारत जान्छन्, उतै हराउँछन – श्रीमती कुर्या कुर्यै

डोटी, भदौ २३ । परदेश काम गर्न गएका लोग्ने कमाएको फल खाने हरेक स्वास्नी मान्छेहको रहर हुन्छ । तर सबैका रह कहाँ पो पुरा हुन्छन् र यस्तै भएको छ डोटीको बन्लेक गाविसका महिलाहरुलाई । एउटै वडाका ७ जना लामो समयदेखि कामको शिलशिलामा भारत गएर उतै बेपत्ता छन् ।

कमजोर घरायसी आर्थिक अवस्थाको कारण भारतमा काम गर्न गएका मध्ये ७ जना लामो समयदेखि हराई रहेको बन्लेक गाविसका स्थानीय बासिन्दाले बताएका छन् ।

बेपत्ता हुनेहरुमा करबिरे दमाई, पस्से लामा, गिरी बलायर, गोरे डौंडे, भोज कोली ,तारा रावत र भोजराज जोशी रहेको स्थानियको भनाइ छ । उनीहरुको खोजीमा प्रशासन वा अन्य निकायले पनि चासो नदिएको आफन्तको गुनासो छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}