Home » » मधेसको आन्दोलनमा भारु र दारु !

मधेसको आन्दोलनमा भारु र दारु !

काठमाडौँ २८ भदौ । तराईमा जारी हिंसात्मक आन्दोलनका सहभागी सर्वसाधारण जनतालाई आर्थिक प्रलोभन र जबर्जस्ती गरेर ल्याइएको खुलासा भएको छ ।मानवअधिकार आयोग लगायतका विभिन्न स्वतन्त्र निकायहरुले गरेको अनुसन्धानका क्रममा युवाहरु मोटरसाइकलमा दिनको २ लिटर पेट्रोल र खाना तथा खाजा खर्च पाउने लोभमा आनादेनलमा सहभागी भएको पाइएको छ।

आन्दोलन हिंसात्मक हुँदा गोली चल्ने क्रममा मारिनेहरु राजनीतिक दलका कार्यकर्ता भन्दा बढी सर्वसाधारण किन परे ? यो प्रश्नको जवाफ खोज्ने क्रममा अनुसन्धानबाट यस्तो तथ्य सार्वजनिक भएको हो ।

मधेस केन्द्रित दलका कार्यकर्ताहरुको संख्या कति छ भन्ने सबैलाई थाह छ । यसपटकको आन्दोलन मधेस केन्द्रित नेताको आह्वानमा भन्दा पनि मधेसमा गाउँमा मुखिया, सामन्त वा ठेकेदारमार्फत् गाउँलेलाई आन्दोलनमा सहभागी गराइएको छ । त्यसक्रममा पैसाको ठूलो चलखेल भएको कांग्रेस नेता महेन्द्र यादबले बताए ।

‘यो मधेसी जनताको अन्तिम लडाई हो भन्दै यसमा नलाग्नेलाई गाउँ निकाला गर्ने धम्की सरपञ्चमार्फत दिइएको छ’ उनले भने, ‘युवालाई मोटरसाइकलमा पेट्रोल र अन्यलाई खाना खाजा खर्च भनेर नगद दिइएको छ । ’

मधेसवादी दलका नेताहरुले आन्दोलनमा लागेर ज्यान गुमाउनेका परिवारलाई ५० लाख रुपैयाँ दिने भनेका थिए । त्यसयता यसपटक आन्दोलनकारीलाई केही सय रुपैयाँ दिइएको छ ।

मधेसमा चलिरहेको आन्दोलनमा भारु र दारुको चर्चा अहिले निकै चलेको छ । आन्दोलनकारीहरु रक्सीको नशामा सडकमा आउने गरेको पाइएको छ । धेरैजसोलाई के का लागि आन्दोलन भन्ने पनि थाह छैन । मारिनेहरु अधिकांश राजनीति बाहिरका हुनुले पनि त्यो दावीलाई पुष्टि गर्छ । आजको साँघु साप्ताहिकमा खबर छ ।a

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}