
|
|
लोकल कुखुराले कोरलेको अण्डाबाट चारखुट्टे चल्ला निस्किएको छ। राजघाट—७ मा टंकमाया श्रेष्ठको घरमा कुकुराले चारवटा खुट्टा भएको चल्ला कोरलेपछि गाउँले सबै अचम्ममा परेका छन् । विरलै मात्रामा जन्मिने यस्तो चल्लाबारे जानकारी लिन छिमेकी गोवा लामाले राजघाटको प्रमुख बजारमा दुर्गापुरीमा ल्याएपछि त झन हेर्नेको घुईचो नै लागेको थियो । १० वटा चल्ला कोरलेको पोथीको एउटा चल्लामा चारवटा खुट्टा रहेको लामाले जानकारी दिनुभयो । उनले भने,यस्तो कुखुराको चल्ला कहिल्यै देखेको थिईन् । अचम्म लागेको छ ।’
चारवटा खुट्टा भएर हिडडुलमा केहि समस्या देखिएपनि अवस्था भने अन्य चल्लाको जस्तै सामान्य रहेको छ । चारवटा खुट्टा भएपनि दुईवटा खुट्टाले मात्र चल्ला हिड्ने गरेको छ।
यस्तो चल्लाको जन्म हुँदा अशुभ हुने, कुखुरा मासिने जस्ता कुरा गाउँमा उठेपनि कुखुरा बाँचुन्जेल पाल्ने घरधनी टंकमायाले बताईन्। पशुविज्ञ शुशिल अधिकारीका अनुसार चारवटा खुट्टा भएको कुखुरा जन्मिनुका विभिन्न कारणमध्ये रेडियोधर्मी किरणको प्रभाव मुख्य हो । यस्तो किरणले कुखुराको भ्रुणलाई असर गर्छ र कुखुराको शरीरमा असामान्य परिवर्तन देखापर्छ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

