
|
|
काठमाडौं । ‘नेपाली सेनाको सेनानी’ (मेजर) बनेर विभिन्न मानिसलाई ठगी गर्दै हिड्ने ओखलढुंगा विलन्दु– ६ का कष्णबहादुर खत्रीलाई अपराध महाशाखाले ठगी गरेको अभियोगमा उपहार स्वरुप प्रहरीको खोरमा पुर्याएको छ । विभिन्न मान्छेलाई राष्ट्रसंघीय मिसन शान्ति सेनामा पठाई दिने तथा सेनाको कल्याणकारी कोषबाट रकम निकासा गरी दिने भन्दै ठगी गर्दै आएपछि जंगी अड्डाले उनलाई पक्राउ गर्न महानगरिए प्रहरी अपराध महाशाखालाई आग्रह गरेको थियो ।
आजको राजधानी दैनिकले समाचार लेखेको छ । उनी नेपाली सेनाका विकास निर्माण कार्यदल गण नम्बर २ बाट २०६९ बैशाखमा भागेका र त्यसपछि ‘सेनाको मेजर हुँ’ भन्दै ठग्दै हिडेको प्रहरीले जनाएको छ । आफ्नो संस्थाको बदनामी हुने गरी गतिविधि भएको भन्दै जंगी अड्डाले प्रहरीलाई पक्राउ गरी कारवाही गर्न आग्रह गरेको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

