Home » » क्रिश्चियन धर्म मान्ने दाइले गाडेको आमाको शव भाइले निकालेर दाह संस्कार गरे

क्रिश्चियन धर्म मान्ने दाइले गाडेको आमाको शव भाइले निकालेर दाह संस्कार गरे

दैलेख, ७ असोज  /  सामान्यतय कुनै व्यक्तिको मृत्यु हुँदा उसको धार्मिक संस्कार के थियो त्यही अनुसार अन्त्येष्टी गरिन्छ, तर दैलेखको नारायण नगरपालिका ७ बिजौराकी एक बृद्धाको भिन्न धार्मिक बिश्वास भएका छोराहरुले २ थरी संस्कार अनुसार अन्त्येष्टी गरेका छन् ।

भदौ ३१ गते कालगतिले निधन भएकी ७० वर्षकी गौरी श्रेष्ठको जेठो छोरा मानबहादुर श्रेष्ठ क्रिश्चियन भएकाले आफ्नो धार्मिक विधि अनुसार आमाको शव काठको कफनमा घर नजिकै ७ दिनअघि दफन गरेका थिए ।
क्रिश्चियन संस्कार अनुसार आमाको शवलाई दफन गरिएकोमा नेपाली सेनामा कार्यरत माइला छोरा सन्त र भारतमा रहेका कान्छो छोरा लक्ष्मण असन्तुष्ट थिए । आमाको निधन पछि मंगलबार मात्र घर आइपुगेका कान्छो छोरा लक्ष्मण र सन्ताले शव झिकेर हिन्दू परम्परा अनुसार दाहसंस्कार गरेका छन् । उहाँहरुलाई हिन्दु परम्परा अनुसार आमाको दाहासंस्कार गर्न बहुसंख्यक हिन्दू धर्मावलम्बी छिमेकीहरुको दबाव समेत थियो ।
दाजुले क्रिश्चिन धार्मिक विधिबाट आमाको संस्कार गरेको सुनेका सन्त र लक्ष्मणलाई छिमेकीले हिन्दू धर्म मान्ने आमाको क्रिश्चियन संस्कार गर्न लगाएको भनी बारम्बार फोन गरेर सुनाउन थालेपछि बिदा मिलाएर घर फर्केका छोराहरुले आफ्नै परम्पराअनुसार काज क्रिया गरेका हुन् ।
हिन्दू धर्म मान्ने गौरी श्रेष्ठको घरमा भएका जेठो छोराले क्रिश्चियन धार्मिक बिधिबाट अन्त्येष्टी गरेको चित्त नबुझेपछि हिन्दू धर्म मान्ने ती २ भाइलाई फोन गरेर बोलाएको छिमेकी शान्ता खड्काले बताउनुभयो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}