
|
|
नेपाल आउने अत्यावश्यकीय वस्तु तथा पेट्रोलियम पदार्थ बोकेका गाडीहरुलाई भारतले नाकाबन्दी गरेपछि त्यसको खराब असर राजधानीका सडकमा देखिन थालिसकेको छ। भारत र नेपालको सम्बन्ध ऐतिहासिक रुपमा नै चिस्सिएको छ। भारतको नाकाबन्दीको जवाफ नेपालले नाकाबन्दी नै गरेर दिन सकिने त होइन तर एउटा गतिलो जवाफ भने दिएको छ।
आन्दोलन लगायतको समाचार संकलनका लागि भन्दै भारतको जोगबनी नाका हुँदै शनिबार विराटनगर छिर्न लागेका दुई दर्जनभन्दा बढी भारतीय संञ्चारकर्मीहरुलाई नेपालमा प्रवेशै दिइएन। नेपालका सुरक्षाकर्मीहरुले उनीहरुमाथि नाकाबन्दी लगाइदिए।
भारतको जीन्यूज, आजतक, इन्डिया टेलिभिजन, एनडी टेलिभिजन, इटिभि बिहार, हिन्दुस्तान टाइम्सलगायत पत्रकारहरुले प्रत्यक्ष प्रसारणका लागी ओभी भ्यानसहित विराटनगर प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीहरुले रोकेका थिए।
भारतीय पत्रकारहरुले लौ न हामी त दुई दिन लाएर दिल्ली र पट्नाबाट आएको भने पनि माथिको आदेश भन्दै नेपाल छिर्न दिइएन।
अब के गर्ने त ?
भारतीय संञ्चारकर्मीहरुले डायल गरे संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवलाई। उनले पूर्वाञ्चलका प्रहरी प्रमुख डिआइजी माधवराज जोशीलाई आग्रह गरे। तर उनले पनि त्यही जवाफ दिए माथिको आदेश।
आफ्नो देशका पत्रकारलाई नेपाल प्रवेशमा रोक लगाएपछि भारतीय जिल्ला अरररियाका डिएम हिमांशु शर्मा र भारतीय प्रहरीका एसपी सुधिरकुमार पोरीका तत्काल नाकामा आइपुगे। कुरा बुझे। र लुरुक्क फर्किए।
किन त यसो गरिएको ? जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले वैद्यनाथ यादवलाई भनेछन् – नेपालको आन्तरिक मामिलामा भारतीय सञ्चारमाध्यमले गलत समाचार सम्प्रेसण गर्ने गरेका कारण सजकता अपनाएको हो। आउनै परे सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सूचना विभागबाट अनुमति लिएर प्रवेश गर्न पाइन्छ।
सूचना विभागबाट अनुमति लिएर मात्र विदेशी सञ्चारकर्मीहरुले नेपालमा काम गर्न पाउने पहिलेदेखिकै नियम हो। अहिले बल्ल यसलाई कडाइका साथ लागू गरिएछ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |


