Home » » अटोवा एवं टोरोण्टोमा तीज कार्यक्रम सम्पन्न

अटोवा एवं टोरोण्टोमा तीज कार्यक्रम सम्पन्न

टोरोण्टो, १४ सेप्टेम्बर
नेपाली नारीहरुको महान पर्व जताततै मनाइरहेका बेला क्यानडाको राजधानी अटोवामा पनि तीज मनाइएको छ । यहि सेप्टेम्बर १२ शनिवारका दिन डाउनटाउनस्थित सार्लेट स्ट्रिटको हलमा तीज कार्यक्रम गरिएको हो । अटोवाबाट सुरेन उप्रेतीले जनाएअनुसार घर घरमा पकाएर ल्याएका पुलाउ,लट्टे,खिर,ढकने ,विभिन्न परिकार हरु खाइ नाचगान गरेर तीज मनाइएको थियो । विदेशमा भएको अवस्थामा आफ्नो संस्कृति र परम्परालाई निरन्तर राख्न पनि यस्ता कार्यक्रमले महत्व राख्ने सहभागीको भनाई थियो ।
ससाना नानीहरू र सम्पूर्णमहिलाहरूले कम्मर मर्कार्इ मर्कार्इ नाचेको देखे पछि
उपस्थित पुरूषहरूले पनि तिजका गीतमा नाचेका थिए ।
अरु भाषीका महिला समेत सरिक भइ नृत्य गरेका थिए ।

यस्तै गरी सेप्टेम्वर १९ तारिख शनिवारको साँझ नेपाली चर्चित लोकगायक पशुपति शर्मा र देविका केसीबाट सेण्टपल यूनिभर्सिटीहल अटवामा कार्यक्रम प्रस्तुत हुनेछ । चर्चित कलाकारको जोडदार प्रस्तुती हेर्न अटोवाबासी उत्सुक रहेका छन् ।
यसैगरि नेपलिज क्यानेडियन हेरिटेज सेन्टरले सेप्टेम्वर १२ गते तीजको अवसर पारेर ब्राम्टनमा एक कार्यक्रम गर्यो ।सांस्कृतिक केन्द्र तथा मन्दिर स्थापना गर्न घरजग्गा खरिदका लागी रकम संकलनमा सहयोग पुगोस भन्ने उद्येस्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् । घरजग्गा खरिद कार्य प्रकृयामा रहेको छ ।
यसैविच सेप्टेम्वर ११ का दिन एनसीएनसी आयोजनामा प्रसिद्ध कलाकार पशुपति शर्मा र देविका केसीको उपस्थितिमा ब्राम्टनमा तीज कार्यक्रम गरियो भने उनै कलाकारले सेप्टेम्वर १२ का दिन एनसिडव्लुए को आयोजनामा टोरोण्टोमा तीज कार्यक्रम गरेको थियो । चर्चित कलाकार भएका कारण कार्यक्रममा उल्लेख्य उपस्थिति थियो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}