
|
|
काठमाडौं– नेकपमा माओवादीले संविधानसभाले असोज तीन गते सार्वजनिक गर्ने संविधनबारे संघर्षका कार्यक्रमसहित धारणा सार्वजनिक गरेको छ । तीन दलले जबरजस्त जनविरोधी संविधान जारी गर्न लागेको भन्दै माओवादीले असोज ३ गते नेपाल बन्दको आयोजना समेत गरेको विज्ञप्तीमार्फत जनाएको छ ।
‘कथित तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले ०७ सालदेखि गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको महान् जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जनआन्दोलनका राजनैतिक एजेण्डा, त्यसका निम्ति हजारौं सहिदहरुले बगाएको रगत, वेपत्ता तथा घाईते योद्धाहरुको बलिदान, लाखौँ परिवर्तनकामी नेपाली जनताको लगानी र चाहानको ठिक विपरित छ’ पार्टी प्रबक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रबक्ताद्वारा जारी विज्ञप्तिको अगाडि भनिएको छ, यो देशका दलालहरुले क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा इतिहासलाई मात गर्ने गरी गरेको राष्ट्रघात र जनघातका विरुद्ध हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीले ०७२ असोज ३ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरेको छ ।’
आन्दोलनर पक्षको कुराको सुनुवाइ नगरी जबरजस्त संविधान घोषणा गर्ने कार्यले राज्यको अग्रगामी पूनर्संरचना गर्न माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, वृहत शान्ति सम्झौंता र माओवादी र संसदवादी शक्तिबीचको सहकार्य समाप्त भएको बताएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

