Home » » गल्कोटमा तिजगित तथा नृत्य प्रतियोगिता सम्पन्न !

गल्कोटमा तिजगित तथा नृत्य प्रतियोगिता सम्पन्न !

गुमानसिह भण्डारी ,गल्कोट । प्रगतिशिल आमा समुह हरिचौर ७ भैसेको तिजगित तथा नृत्य प्रतियोगिता दरखाने कार्यक्रम सहित सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजित गाबिस स्तरिय तिजगित प्रतियोगितामा करिब १३ समुहको सहभागीता रहेको थियो ।

जसमा सेरा बजार आमा समुह हटिया प्रथम, सिजनशिल आमा समुह मल्म आगाखेत द्धितिय, हिस्लाङ महिला समुह हरिचौर तृतिय र मुलपानी कुषक आमा समुह सत्ताहाघाट सान्त्वना भएका छन । प्रतियोगितामा सहभागी कलाकारकहरुले बर्तमान देशको अवस्था र राज्यको उच्च तहमा महिलाको सहभागीता गर्न माग गर्दै गित तथा नृत्य प्रस्तुत गरेका थिए । तिजको मौलिख सस्कृति हराउदै गएको अवस्थामा महिलाहरुले तिजगित मार्फत यर्थाशिग्र संबिधान जारी गर्न समेत आग््रह गरेका थिए ।

अवसरमा सामाजिक एकता, जातिय छुवाछुत, चेलिबेटीलाई माईति घरको झल्को मेटाउने गरि दर खुवाईएको थियो । गाबिस स्तरिय महिला सञ्जाल हरिचौरकी सल्लाकार सदस्य सुनमाया ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले पश्चिमा सस्कृतिको सिको गरेर तिजलाई भड्किलो बनाएको आरोप लगाएका थिए । कार्यक्रम प्रगतिशिल आमा समुहका अध्यक्ष बिष्णु कडेलको अध्यक्षता, उपाध्यक्ष खिमा बस्नेतको स्वागत मन्तब्य र कोषाध्यक्ष कमला बस्नेतको सञ्जालमा सम्पन्न भएको थियो ।

महिलाहरुको महान पर्व हरितालिका तिज नजिकदै गर्दा सहनसिल आमा समुह दुदिलाभाटी ८ थलिङले आज दरखाने कार्यक्रम सम्पन्न गरेको छ । महिलाले पनि देश बिकासमा महत्वपुर्ण भुमिका खेल्न सक्ने र राज्य स्तरमा महिलाको सहभागीता पुरुष सरह हुनुपर्ने कार्यक्रममा बोल्ने बक्ताहरुको भनाई थियो । महिलाहरु चुलो र चौकोमा मात्र समिति हुनु हुदैन आफनो हक अधिकारका लागी आफै आवाज उठाउन सक्नुपर्ने धारणा गीत मार्फत ब्यक्त गरिएको थियो , यसरी मन्तब्य राख्नेहरुमा वार्ड नारिक मञ्चका संयोजक पदम बहादुर भण्डारी, तेजिन्द्र केसी, बल बहादुर खत्री, प्रेम प्रसाद सुवेदी, महोदत्त सुवेदी, जमुना सुवेदी र रिता भण्डारी लगायत रहनुभएको थयो । कार्यक्रमका अवसरमा महिलाहरुले बिभिन्न किसीमका चेतनामुलक गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम सहनसिल आमा समुहकी अध्यक्ष कालिका क्षेत्रीको अध्यक्षता, शिक्षिका गुमा क्षेत्रीको स्वागत मन्तब्य र समाजसेवी हरिमाया सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}