Home » » छिमेकी मुलुक चीन र रसीयाले नै भारतको भुमिकालाई लिएर चर्को विरोध गरेपछि

छिमेकी मुलुक चीन र रसीयाले नै भारतको भुमिकालाई लिएर चर्को विरोध गरेपछि

काठमाडौं । संयुक्त राष्ट्र संघको स्थायी समिति सदस्यमा दाबी गरिरहेको भारत सदस्य नबन्ने पक्का पक्की भएको छ । छिमेकी मुलुक चीन र रसीयाले नै भारतको भुमिकालाई लिएर चर्को विरोध गरेपछि भारतको सपना भताभुंग हुने अवस्थामा पुगेको हो ।
विश्वभर आदर्श बाँड्दै हिड्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भुमिका प्रति विश्वले नै आशंका गरिरहेको छ । छिमेकीप्रति उनको भुमिकालाई लिएर अहिले विश्वभर विरोध भैरहेको छ । स्थायी सदस्यताकालागि भारतले लामो समयदेखि पहल गरिरहेको छ ।
भारतले नेपाललाई समेत मतदानकालागि सहयोग मागेको थियो भने नेपालले पनि बचन दिइसकेको थियो । तर, भारतको पछिल्लो हर्कतका कारण नेपालले उसलाई सहयोग गर्ने कि नगर्ने भन्नेमा बहस चलिरहेको छ ।

अर्को छिमेकी मुलुक चिनले भने भारतलाई स्थायी समिति सदस्य बनाउन नहुने भन्दै लविङ गरिरहेको छ । अझ रुसले लिखित रुपमै भारतको विरोध गरेको छ ।
रुसले दुई तिहाइ मतका आधारमा सदस्य छान्न नहुने बताउँदै सर्वसम्मतीकालागि आग्रह गरेको छ । भारतले जी ४ को नाममा अनावश्यक गुटबन्दी गर्न खोजेको रुसको आरोप छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}