Home » » राजेश हमाल र शिव श्रेष्ठको एस्तो टक्कर! – भिडियो हेर्नुहोस्

राजेश हमाल र शिव श्रेष्ठको एस्तो टक्कर! – भिडियो हेर्नुहोस्

सर्वाधिक महंगो नेपाली फिल्म ‘बागमती’को ट्रेलर सार्वजनिक गरिएको छ। करिव २ करोड नेपाली बजेटमा निर्मित ‘बागमती’ अहिले सम्म कै सर्वाधिक महंगो नेपाली फिल्म भनिएको छ। नेपाली सिने नगरीमा यो फिल्मले नायक राजेश हमालको समेत कमब्याक हुने अड्कल काट्न थलिएको छ। फिल्म आगामी पुष २४ गते बाट प्रदर्शनमा आउने भएको छ।

यस अघि सार्बजनिक फिल्मको टिजरमा राजेश हमाललाई मात्रै फोकस गरिएको थियो भने हाल सार्वजनिक ट्रेलरमा फिल्मका अन्य मुख्य कलाकारहरुलाई देख्न सकिन्छ। चलचित्रमा देखिने कलाकार र केहि निर्माता बाहेक काम गर्ने सबै दक्षिण भारतीय हुन् भने चलचित्र पनि दक्षिण भारतीय स्टाईलमा निर्माण गरिएको बताईएको छ। फिल्मका निर्देशक सन्नी केरला पनि दक्षिण भारतीय हुन्।

फिल्ममा कलाकारहरु राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, बालकलाकार कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ। रविकर प्रसाद घिमिरेले यसै फिल्मबाट नायकको रुपमा डेब्यु गर्दैछन। फिल्मलाई ट्रि इन्टरटेन्टमेन्टको ब्यानरमा दिनेश दर्शनधारी र बिजय सत्यालले निर्माण गरेका हुन।

Nepali Movie BAGMATI Watch Full Trailer

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}