Home » » हस्तक्षेपका सामू स्वाभिमानी अभियान

हस्तक्षेपका सामू स्वाभिमानी अभियान

नेपाली स्वाभिमानमाथिको भारतीय हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनता अभियानले काठमाडौंमा विशाल सद्भाव ¥यालीको आयोजना गरेको छ । हिजो शान्तिबाटिकाबाट सुरु भएको सद्भाव ¥याली पुरानो वसपार्क, भद्रकाली, सहिदगेट हुँदै शान्तिबाटिकामै पुगेर सद्भावसभामा परिणत भएको थियो । सभामा कलाकारहरुसँगै विभिन्न राजनीतिक दलका युवा नेताहरुले सम्बोधन गरेका थिए ।



पारवहन सुविधान हाम्रो हो, वैदेशिक हस्तक्षेप मान्दैनौं भन्दै सद्भाव ¥यालीमा युवा विद्यार्थीसँगै विभिन्न पेशागत संघ÷संगठनका प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा जनवादी गायक रामेश, रायन, जीवन शर्मा, टीका भण्डारी, बीबी अनुरागीलगायतले राष्ट्रिय भावनाले ओतप्रोत पूर्ण गीतहरु गाएका थिए । नेपाली झण्डासहित ¥याली तथा सभामा सहभागीहरुले कुनै पनि हालतमा विदेशी हस्तक्षेपका सामू नझुक्न राजनीतिक नेतृत्वलाई आग्रह गरेका थिए । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}