Home » » नाकाबन्दी अमानवीय भन्दै भारतविरुद्ध प्रधानमन्त्री झोक्किएपछि …

नाकाबन्दी अमानवीय भन्दै भारतविरुद्ध प्रधानमन्त्री झोक्किएपछि …

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भारतीय पक्षबाट भएको नाकाबन्दी ‘नेपाललाई संकटमा पार्ने अमानवीय व्यवहार’ भन्दै तीव्र असन्तुष्टि जनाएका छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छ– उनले कुहिन लागेका केही सामग्री पठाएर नाकाबन्दी नभएको भन्दै अन्तराष्ट्रिय समूहलाई देखाउने तरिका गलत भएको भन्दै रोष प्रकट गरेका छन् ।   ‘राष्ट्रिय स्वाधिनता अभियानु सुरु गरेका प्रमुख राजनीतिक दल र संघसंस्थासंग सम्बद्ध युवा नेताहरुको टोलीसँग बुधबार कुरा गर्दै प्रधानमन्त्रीले भारतीय रबैयाप्रति आपत्ति जनाएका हुन् । 


‘कुहिन लागेका केरा, स्याउ, प्याजका ट्रक पठाउने र भारतले सामान छोडिरहेको छ भन्ने देखाउने’ ज्ञापन पत्र बुझाउन गएको टोलीसँग प्रधानमन्त्री कोइालाले भने, ‘हाम्रो देशलाई संकटमा पर्ने यो अमानवीय कुरा हो ।’   एमालेका ठाकुर गैरे, रामकुमारी झाँक्री, कांग्रेसका गुरुराज घिमिरे, एमाओवादीका कृष्ण केसी, हिमाल शर्मा लगायतका झण्डै ३५ जना युवा नेताहरु मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । प्रधानमन्त्री कोइरालाले नेपालमाथि के गर्न खोजिएको हो त्यो आफूले बुझन् नसकेको बताए । विदेश नीति सम्बन्धमा एउटै राष्ट्रिय दृष्टिकोण नभएकोले नेपालमा यस्ता समस्या आउने गरेको कोइरालाले बताएका थिए ।   युवा नेताको समूहले नाकाबन्दी खुलाउने बिषयमा सरकारले किन औपचारिक नबोलेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । ‘सरकार र संसदले यो बिषयमा स्पष्ट धारणा बाहिर ल्याउनुपर्‍यो र जनतालाई यसरी व्यस्थापन गर्छौ भनेर आश्वासन पनि दिनुपर्‍यो भन्ने हामीले आग्रह गर्‍यौ’ अभियानमा संलग्न गैरेले भने ।   भूपरिवेष्ठित देशविरुद्ध भारतले निकृष्ट काम गरेको भन्दै युवाहरुले सरकारले यो बिषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग राखेका छन् । संयुक्त राष्ट्रसंघको सदस्य भएकाले नेपालले आफ्नो कुरा स्पष्ट रुपमा अन्तराष्ट्रिय मञ्चहरुमा राखेर जानुपर्ने सुझाव उनीहरुको थियो । मुलुक भित्रको समस्या हामी आफै व्यवस्थापन गर्छौ, तर कुनै अवाञ्छित सम्झौता गर्दैनौ भन्नेमा स्पष्ट अडान सरकार तर्फबाट आउनुपर्ने भन्दै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । राष्ट्रसंघ कार्यालयलाई पनि ध्यानाकर्षण बिहान प्रधानमन्त्री भेटेका युवाहरु बुधबार दिउँसो संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयका प्रतिनिधि जेमी म्याक(गोल्डरिकलाई भेटी नाकाबन्दीबारे बोल्न आग्रह गरेका छन् । नेपालमा यति ठूलो ज्यादती हुँदा पनि संयुक्त राष्ट्र नबोल्नेको प्रति आश्चर्य जनाउँदै उनीहरुले यसलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका थिए । ‘भारत ठूलो देश हो आर्थिक र हतियारका युद्ध जित्न हामी सक्दैनौ तर नैतीक र मानवीय मुल्यलाई हामीले सजिलै जित्ने हैसियत राख्छौ’ युवा टोलीले संयुक्त राष्ट्रसंघ प्रतिनिधिसँग भन्यो, ‘भुकम्पको पीडामा रहेको मुलुकमा मानव अधिकार र मानवीय मुल्यको धज्जी उडाउने काम भएको छ यसलाई अन्तर्राष्ट्रिय रुपमा उठाईदिनुपर्‍यो । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}