Home » » संविधान संशोधन प्रक्रिया नरोकियोस्

संविधान संशोधन प्रक्रिया नरोकियोस्

मधेशवादी दलहरुको माग सम्बोधन गर्न गरी अघिल्लो सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव अलपत्र पर्ने हो कि भन्ने चिन्ता नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले देखाउनुभएको छ ।
बिहिबार संसदको बैठकलाई सम्बोधन गर्दै उपसभापति पौडेलले तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्ने मनसायका साथ अघिल्लो सरकारले प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावलाई दुईतिहाइ मतका आधारमा पारित हुने विश्वास व्यक्त गर्नुभयो ।


भूकम्पपीडित जनतालाई राहत दिन र पुनःनिर्माणको काम अगाडि बढाउन सरकार सफल हुने विश्वास व्यक्त गर्दै उहाँले सुशासन कायम गर्दै प्रशासन यन्त्रमा मनोबल बढाउन सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकको अर्थतन्त्र बर्बाद भएको भन्दै उपसभापति पौडेलले अर्थतन्त्रलाई माथि उठाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सात प्रदेशको सङ्घीय प्रदेश बनेसँगै स्थानीय तहमा पुनःसंरचनाको जरुरी रहेको भन्दै उपसभापति पौडेलले भन्नुभयो– “राज्यको पुनःसंरचना भएरमात्रै हुँदैन, संस्कार र संस्कृतिको पुनःसंरचना गर्नुपर्छ, सामन्ती चरित्रमा पुनःसंरचना गर्नुपर्छ ।”
तराई मधेसमा रहका जनताले आफू पक्षपातमा परेको हो कि भन्ने भावना विकास भएको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारलाई गुण र दोषका आधारमा विरोध वा समर्थन गर्ने उहाँको प्रष्टोक्ति थियो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}