Home » » औषत लिंगमा सन्तुष्ट हुन्छन् महिला

औषत लिंगमा सन्तुष्ट हुन्छन् महिला

एजेन्सी – विशेष गरी महिलाहरु कत्रो लिंग मन पराउछन् ? भन्ने विषयलाई लिएर विश्वभर बहस बढेको छ । पछिल्लो समयमा यस्ता विषयमा विभिन्न अनुसन्धान र जनमत पनि सार्वजनिक गरिएका छन् । यस विषयमा अध्ययन गर्न पछिल्लो पटक वैज्ञानिकहरु थ्री डी प्रिन्टिङतर्फ समेत बढेका छन् । 


अनुसन्धानको परिणाम पुरुषका लागि खासै दुःखद छैन । किनकी आम पुरुषहरुको अनुमान विपरित महिलाहरुले लिंगको औषत अकाकारमा नै चित्त बुझाउने गरेका छन् । तर, केही महिलाले भने औषत भन्दा केही ठूलो लिंग मन पराउने गरेका छन् । तर, दीर्घकालिन सम्बन्धमा भने उनीहरुले लिंगको आकारका बारेमा खासै गुनासो नगरेको देखिन्छ । अध्ययनका लागि लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालय र युनिर्भसिटी अफ न्यु मेक्सिकोका अनुसन्धानकर्ताहरुले थ्री डी प्रिन्ट गरिएका लिंगका विभिन्न ३३ नमुनाहरु सार्वजनिक गरेका थिए ।  अमेरिकी नागरिकहरुको औषत लिंग (६ इन्च ) का आधारमा यो अध्ययन गरिएको थियो । थ्रीडी लिंग अध्ययन प्रविधिको पछाडि महिलाहरुलाई लिंगको आकारबारे सम्झनका लागि सहयोग पुगोस् भन्ने रहेको थियो । अध्ययनमा सहभागी ७५ जना महिलालाई एक रातको लागि मात्र छनौट गर्नुपर्यो भने कति लामो लिंगको छनौट गर्नुहुन्छ र दीर्घकालिन सम्बन्धमा कत्रो लिंग उपयुक्त लाग्छ ? भनि प्रश्न सोधिएको थियो । समग्रमा अनौपचारिक यौन सम्पर्कमा उनीहरुले आकारलाई बढी महत्व दिएको अध्ययनले देखाएको छ । औषतमा महिलाहरुले ६ दशमलब ४ इन्च लामो र पाँच इन्च चौडा लिंगको आकार चाहेका थिए । तर, दीर्घकालिन सम्बन्धको सवालमा लिंगको आकारप्रति उनीहरुको खासै गुनासो थिएन । किनकी औषतले ६ दशमल ३ इन्च लामोमा नै चित्त बुझाएका थिए । ‘थ्रीडी मोडलद्धारा गरिएको यस अध्ययनमा महिलाहरुले औषत भन्दा अलिक ठूलो मन पराएको देखिन्छ,’ अनुसन्धान पत्रमा उल्लेख गरिएको छ । अध्ययनका क्रममा महिलालाई लिंगको आकार, सेक्सको तरिका लगायतका विषयमा प्रश्न सोधिएको थियो । अध्ययनलाई प्लस ओनमा प्रकाशन गरिएको छ । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}