Home » » रसुवागढी नाका खुलेकै दिन चीनले नेपाललाई दियो करोडौंको उपहार, के-के दियो ?

रसुवागढी नाका खुलेकै दिन चीनले नेपाललाई दियो करोडौंको उपहार, के-के दियो ?

धुन्चे (रसुवा), २८ असोज । भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ । केरुङतर्फ सडक मर्मत सम्पन्न गरी औपचारिक रुपमा चिनियाँ सरकारका तर्फबाट डेपुटी डाइरेक्टर जनरल माक्विन्सेङ्गले आज बिहान ९ः३० बजे नाका खोलेको घोषणा गर्नुभएको जानकारी वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाले जानकारी दिनुभयो । छिमेकी भारततर्फको दक्षिणी नाकाबाट आउने इन्धनलगायत उपभोग्य वस्तु ल्याउन अघोषित नाकाबन्दी भइरहेको अवस्थामा चीन तर्फ उत्तरी नाका रसुवागढी खुल्दा स्थानीयवासीमाझ उमङ्ग छाएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । रसुवागढी नाका खोलेको घोषणा गर्नुपूर्व चीन सरकारले बडादसँैका लागि नेपाललाई पठाएको छवटा ट्रकमा राखिएको ५० टन खाद्यान्न सीमा क्षेत्रमा आइसकेको परराष्ट्र मन्त्रालयका उपसचिव मणि भट्टराईले बताउनुभयो । नेपाललाई सहयोग गरिने बडादसैँका लागि खाद्यान्न रु एक करोड ६० लाखबराबरको भएको बताइएको छ ।

यस्तै, नाका खुलेलगत्तै सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मले सीमा क्षेत्रमा आफ्नो पोस्ट खडा गरिसकेकाले सुरक्षा तथा राजस्व सङ्कलनमा कुनै कमी नआउने सशस्त्र प्रहरी नायब उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो । औपचारिक नाका घोषणा कार्यक्रममा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति, परराष्ट्र, गृह र अर्थ मन्त्रालयका प्रतिनिधि, भन्सार विभागका प्रतिनिधि, रसुवाका प्रमूख जिल्ला अधिकारी शीवराम गेलाल, नेपाली सेनाका प्रमूख सेनानी विक्रम गुरुङ, नेपाल प्रहरीका नायव प्रहरी उपरीक्षक अवधेश विष्ट तथा अध्यागमनका अधिकारी एवम् चिनियाँतर्फबाट राजदूतावासका प्रतिनिधि, अध्यागमनलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदारप्रसाद पनेरुले बताउनुभयो । रासस

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}