
|
|
काठमाडौ, २३ असोज । दुई महिनादेखि जारी मधेस आन्दोलन साम्प्रदायिकतातर्फ उन्मुख हुन थालेको दावी गर्दै चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले शान्तिपूर्ण प्रतिकारात्मक आन्दोलनको घोषणा गरेको छ । सो पार्टीले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर भारतीय भूमिबाट नेपालीमाथि आक्रमण गर्ने, भारततर्फ गएका नेपालीहरुमाथि मरणासन्न हुने गरी कुटपीट र आक्रमण गर्ने जस्ता कामले मुलुकको सामाजिक सद्भाव विथोल्ने दावी गर्दै त्यसका विरुद्ध सामाजिक सद्भाव कायम राख्न शान्तिपूर्ण प्रतिकारात्मक आन्दोलनको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष एवम पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले तराईमा सबै समुदाय मिलेर बसिरहेको बेला विभिन्न बहानामा त्यसलाई विथोल्ने काम हुन थालेको संकेतहरु आउन थालेको प्रति आफूहरु गम्भीर रुपमा चिन्तित हुन थालेको भन्दै मधेस आन्दोलनकारीहरुले यस्तो क्रियाकलाप नरोके त्यसका विरुद्ध शान्तिपूर्ण प्रतिकार गर्ने चेतावनी दिए । उनले भारतको बुई चढी भारतीय भूमि प्रयोग गरेर नेपाली जनतालाई दुख दिने गरि गरिएको आन्दोलन राष्ट्रिय हितको लागि नहुने दावी गर्दै भने, ‘सरकारसँग माग्नु पर्नेमा जानतलाई दुःख दिने क्रियाकलाप हामी सहदैनौ । मधेसका नेताहरु सचेत हुनु पर्छ नेपाली जनतालाई दुख दिन पाउँदैन । आन्दोलनको स्वरुप परिवर्तन गर्नुस अन्यथा साम्प्रदायिक भावन भडकाउन र विखण्डनकारी गतिविधी गरे हामी चुप लागेर बस्दैनौ ।’ न्यौपानले सरकारले आफूहरुसँग गरेको ९ बुँदे सम्झौतामा चुरेभावर प्रदेश दिने उल्लेख गरेकोमा प्रदेशको सीमाङ्कनमा त्यो कार्यान्वयन नहुँदा समेत आफूहरु संविधान आउने सर्तमा चुप लागेर बसेको उल्लेख गर्दै मधेसी मोर्चालाई आफ्ना संविधानमा हाम्रो विमति रहँदा रहँदै पनि हामीले संविधान स्वीकार गरेको बताए । उनले भने, ‘अब मधेसी मोर्चाको मागअनुसार प्रदेश दिने हो भने हामी पनि सरकारसँग भएको सम्झौताअनुसारको चुरेभावर प्रदेशको लागि आन्दोलनमा उत्रन्छौ ।’ बरिष्ठ नेता चन्द्रप्रसाद खनालले कथित अधिकारको लागि जनतालाई नाकाबन्दी लगाएर दुःख दिने काम उचित नभएको भन्दै मधेसी दलहरुले नबुझेर वा बुझपचाएर मधेसमा संविधानको विषयमा भ्रम छर्ने काम भइरहेको भन्दै संविधानमा सबै जनतालाई समान रुपमा अधिकार दिएको दावी गरे । - See more at: http://dainiknepal.com/2015/95850.html#sthash.0RBKTkY6.I8egAHPB.dpuf

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

