Home » » भारतीय दूतावासलाई तेल दिन युवाको जुलुस !

भारतीय दूतावासलाई तेल दिन युवाको जुलुस !

तेल चाहिन्छ ? लैजाऊ ! स्वाभिमान दिन्नौं !

‘भारतीय दूताबासमा तपाईंहरुलाई तेलको खाँचो भएको सुन्दा एकदमै दुःखी भयौं,’ लौनचौरस्थित भारतीय दूतावास अगाडि कालो चश्मा लगाएर उभिएका कर्मचारीसित लेनिन बन्जाडेले भने, ‘त्यसैले सहायताका लागि आएका हौं ।’

उनले भारतीय दूतावासलाई दान गर्न आफूहरुले अलिकति तेलको जोहो गरेर ल्याएको जानकारी दिए । तर, भारतीय अधिकारीले तेल लिन अस्वीकार गरे । रुखो स्वरमा उनले भने, ‘तपाईंहरुको तेल तपाईंहरुकै जनतालाई दान गर्नुस् ।’
बञ्जाडेसँगै रहेकी यशोदा बस्नेतले थपिन्, ‘हाम्रा जनता आफू भोको बसेर भए पनि अतिथिलाई पेटभरि खान दिन्छौं, तपाइर्ंहरुले हाम्रो सहयोग स्वीकार्नुपर्छ ।’


तर, दूतावासका कर्मचारीले तेल लिन नमानेपछि उनीहरुले ‘ब्याक अफ इन्डिया’ लेखिएका कागजका पर्चा थमाएर हिँडे ।
कालो चश्मा लगाएका ती भारतीय अधिकारी आफ्नो परिचयसमेत नखुलाई निन्याउरो अनुहार बनाउँदै दूतावासभित्र छिरे ।

भारतीय दूतावासलाई तेल दान गर्न आह्वान

नेपालमाथि नाकाबन्दी लगाएर तेल आपूर्ति ठप्प पारेको भारतको नेपालस्थित राजदूतावासले आफैं १०० लिटर तेलका लागि आयल निगममा निवेदन हालेको समाचार बुधबार सञ्चारमाध्यमहरुमा आएको थियो ।
यसैलाई लिएर ट्वीटर प्रयोगकर्ताहरुले भारतीय दूतावासलाई तेल दान गर्न आह्वान गर्दै ट्वीटरमा नयाँ ट्रेन्ड नै बनाए । यो समाचार लेख्दासम्म यो ट्वीटरमा विश्वव्यापी ट्रेन्डको १ नम्बरमा पुगिसकेको छ ।

ट्वीटरबाटै युवाहरुले दिउँसो तीनबजे हातहातमा ‘तेल’ बोकेर लैनचौर जाने र भारतीय दूतावासलाई हस्तान्तरण गर्ने कार्यक्रम बनाए । सोहीअनुसार करिब एक सय युवाहरुको समुह लैनचौरतर्फ हिँडेको थियो । प्रहरीले उनीहरुलाई हस्तक्षेप गरेर बाटैमा रोक्यो ।

नारावाजीको साटो राष्ट्रिय गीत

प्रहरीले रोकेपछि हातमा ‘ब्याक अफ इन्डिया’ लेखेको पर्चा बोकेका युवाहरुले कुनै नाराबाजी गरेनन् । बरु शान्तिपूर्वक भेला भएर उनीहरु राष्ट्रिय गीतहरु गाउन थाले ।

बनेको छ पहराले यो छाती मेरो

बगेको छ छहरा रगतमा मेरो

पखेरोमा जन्में, पहरामा हुर्केँ

म झुक्दै नझुक्ने नेपालको छोरो…..

युवाहरुले राष्ट्रियताले ओतप्रोत भएर गीत गाउँदा उनीहरुलाई छेकेर बसेका प्रहरीले शरीरमा काँडा उमारे । यद्यपि युवाहरुलाई रोक्न उनीहरुलाई माथिको आदेश थियो ।
‘हामीलाई रोक्न आदेश छ,’ डीएसपी एसआर रिजालले अनलाइनखबरसित भने, ‘हात-हातमा पेट्रोल बोकेर दूतावासमा जुलुस लैजाने अनुमति दिन सक्दैनौं ।’

जुलुस जान नपाउने भएपछि प्रतिनिधिका रुपमा लेनिन र यसोदा पर्चाहरु बोकेर दूतावासको गेटसम्म पुगे । कालो चश्मा लगाएर आएका दूतावासका प्रतिनिधिसित करिब पाँच मिनेट उनीहरुको बहस भयो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}