Home » » ‘उपलब्धी निकै टाढा’ भन्दै भारतले दियो नाकाबन्दी लामो समय हुने संकेत

‘उपलब्धी निकै टाढा’ भन्दै भारतले दियो नाकाबन्दी लामो समय हुने संकेत

काठमाडाैं । नेपालमा आफ्नो हक-अधिकार प्राप्तीका लागि आन्दोलनरत रहेको मधेसी/थारु समुदायका मागहरुलाई सम्वोधन गर्नेतर्फ सकारात्मक माहोल बन्दै गए पनि ‘उपलब्धी हात नपरिन्जेलको विद्यमान परिस्थितिलाई भारतले नजिकबाट नियालिरहेको’ मूल्यांकन जानकारीमा आएको छ ।   अाजकाे कान्तिपुर दैनिकमा खबर छ–दुई सातायता नेपाल-भारत ब्यापार नाकामा लागेको नाकाबन्दी र ५० दिनदेखि जारी रहेको मधेस आन्दोलनको पृष्ठभूमिमा भारत नेपालको समस्याग्रस्त राजनीतिक मामला सुल्झने पक्षमा ‘पर्ख र हेर’ नीतिमा अडिग रहेको जानकारी बाहिर आएको छ । 


सम्बद्ध एक कुटनीतिक स्रोतका अनुसार, मधेसी/थारु समुदायको मागलाई ठूलो हिस्सा ओगट्ने नेपाली जनताको समग्र आवाजका रुपमा स्वीकार्दै हक, अधिकार र न्यायका दृष्टिमा पनि उनीहरुको मागलाई सम्बोधन गरिनुपर्ने भारतको बुझाइ रहेको छ ।   दिल्लीस्थित भारतीय मुलधारका मिडिया प्रतिनिधिमाझ भारत सरकारका बिशिष्ट प्रतिनिधिले दिएको जानकारीमा नेपालको अन्तरिम संविधानमा भएरहेका प्रावधानलाई अहिले राख्न मुस्किल मानिएको अवस्था अनौठो रहेको भन्दै नेपालको दिगो शान्ति र स्थायित्वका निम्ति पनि अहिले उठेका समूदायगत आवाजको सम्बोधनमा भारतले बढी जोड दिएको खुलाइएको थियो । ‘यही कुरा ५ बर्षपछि गएर भनेमा तिमीहरुले त्यसैबला किन नभनेको भनेर खोंचे थाप्ने अवस्था आउन सक्छ, यसकारण हामीले अहिले स्पष्ट रुपमा भन्दै र त्यही कुरा दोहोर्‍याउँदै आएका हौं,’ अधिकारीले राखेको धारणाबारे स्रोतले भन्यो ।   संघीय पद्धतिमा गइसकेको अवस्थामा अब हरेक मुद्धा र संशोधनका प्रकृयाहरु प्रान्तीय/केन्द्रीय न्यायापालिका हुँदै लामो प्रकृयामा गाँसिनुपर्ने भएकाले ‘पछि गरौंला भनेर केही हुन नसक्ने’ निक्र्यौल भारतले गरेको छ ।   ‘नेपाल भारतबीच सम्बन्धमा चिसोपन बढेको स्थितिलाई गम्भीरतापूर्वक लिएका छौं,’नेपालको बस्तुस्थिती बुझाउने क्रममा भनिएको थियो, ‘तर, आम समुदायको आवाजअनुसार मधेश क्षेत्रबाट सैन्य परिचालन फिर्ता गरिएको, कर्फयु/दङ्गाग्रस्त क्षेत्र हटाइएको र भनिएअनुसार संविधान संसोधनको प्रकृया थालिएको सूचना आफैंमा सकारात्मक छ । तर अझै पनि हिंड्नुपर्ने लामो छ, उपलब्धी टाढा छ ।’ एक सहभागीले नेपालमाथि लगाइएको नाकाबन्दीबारे जिज्ञासा राख्दा ‘भारतले नाकाबन्दी नलगाएको र अझै पनि नेपाली भूभागमा देखिएको असुरक्षा र बाधा-व्यवधानका कारण सहज ढुवानीमा कठीनाई उब्जिएको’ सधैंको जवाफ दिइएको थियो ।   बि्रफिङमा नेपाल जान नसकेर भारतीय भूभागअन्तर्गत बिभिन्न नाकाहरुमा ५ हजार ३ सय ७५ ट्रक कार्गो अड्किएर बसेको र मंगलबार भने २ सय ६३ वटा ट्रक बिभिन्न बिन्दूबाट नेपाल छिरेको जानकारी गराइएको थियो । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}