Home » » बास्तोलाले खोले नेपालमा नाकाबन्दी हुनुको रहस्य

बास्तोलाले खोले नेपालमा नाकाबन्दी हुनुको रहस्य

काठमाडौं । नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले भारतीय गुप्तचर संस्था ‘रअ’ र अतिहिन्दूवादी बिजेपीबीचको अन्तरविरोधले नेपालमा नाकाबन्दीको अवस्था सिर्जना भएको दावी गरेका छन् ।
‘सुशील, केपी र प्रचण्डले ‘रअ’ को निर्देशनमा संविधान जारी गरे तर आरएसएसको छत्रछायाँमा बाबुराम लगायतका नेताले विरोध गरिरहेका छन्’, बास्तोलाले भने, ‘आरएसएसले नेपाल हिन्दूराज्यसहितको संविधान जारी गर्न चाहन्छ ।’


शुक्रबार काठमाडाँैमा अखिल क्रान्तिकरीले आयोजना गरेको ‘नाकाबन्दीको विरोध तथा २० औँ राष्ट्रिय सम्मेलनको सन्देश’ नामक कार्यक्रममा बास्तोलाले सो कुरा बताएका हुन ।
बास्तोलाले ‘रअ’ र विजेपीका नेपाली एजेन्टबीच एकता हुन नसक्दा नेपाली जनताले नाकाबन्दीको मार भोग्नु परेको दाबी गरे । उनले जसरी पनि भारतकै मातहतमा नेपाल राख्ने गद्धारी कार्य भइरहेको बताए ।
जिम्मेवार मन्त्री र राजनीतिक पार्टीका केही नेताले नाकाबन्दीको सर्मथन गरेर नेपालको राष्ट्रियतामाथि धावा बोलिरहेको बास्तोलाले बताए । नाकबन्दी अधिकारसँग सम्बन्धित नभएर घुमाई फिराई नेपालमा भारतको हस्तक्षेप कायम राख्न चक्रब्यूह रचिएको बताए ।
कार्यक्रममा बोल्दै बास्तोलाले सरकारका जिम्मेवार पदमा विदेशी नागरिक भएकाले राष्ट्रिय स्वधिनताका पक्षमा काम गर्ने लालबाबु पण्डित जस्ता देशभक्तलाई काम गर्न असहज भएको बताए ।
सञ्चार मन्त्रीले नाकाबन्दीको पक्षमा बोल्नु आपत्तिजनक भएको भन्दै बास्तोलाले सरकारका मन्त्री र दलका नेताहरुकै कारण नेपालमा भारतीय हस्तक्षेप बढेको बताए ।
कार्यक्रममा अखिल क्रन्तिकारीका नवनिर्वाचित अध्यक्ष पूर्णबहादुर सिहंले आफूहरुले सम्मेलन लगत्तै नाकाबन्दीको विरुद्धमा संघर्षका कार्यक्रम घोषणा गरेर नेपाल–चीन नाका खुलाउन टोली परिचान गरेको बताए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}