Home » » म्याग्दीमा रहेको नुन खानी अलपत्र

म्याग्दीमा रहेको नुन खानी अलपत्र

म्याग्दी । म्याग्दीको शिख गाविसको कालीगण्डकी नदी किनारमा चार वर्षअघि फेला परेको नुन खानी अलपत्र परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिख र नारच्याङ गाविसको सिमानामा कालीगण्डकी नदी किनारामा २०६८ सालमा नुनिलो पानीको मुहान भेटिएको थियो ।मुहान भेटिएपछि त्यसको अनुसन्धान सुरु गरे पनि आर्थिक अभावमा त्यसले पूर्णता पाउन नसकेको तातोपानी संरक्षण समितिका सदस्य पूर्णबहादुर पुनले बताउनुभयो । 


“तातोपानीसँगै नुनसमेत देखिएको छ” – उहाँले भन्नुभयो – “पानीको स्वाद नुन हालेको जस्तो भएकाले पनि खानी तथा भूगर्भ विभागमार्फत अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ ।”करिब ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानीको मुहान तथा आसपासको जग्गामा सेताम्मे नुन जस्तै पदार्थ देखिएको थियो । कालीगण्डकी नदीको किनारमा फेला परेको तातोपानीलाई संरक्षण गर्ने क्रममा डोजरको सहायताले स्नानका लागि कुण्ड बनाउने क्रममा नुनको खानी फेला परेको स्थानीय समाजसेवी चन्द्रबहादुर पाइजाले जानकारी दिनुभयो । सो खानीको उत्खनन हुन सकेमा जिल्लाका लागि आवश्यक पर्ने नुन प्राप्त गर्न सकिने अनुमान गरिएको उहाँको भनाइ रहेको छ ।उहाँले भन्नुभयो – “उत्खननका लागि नमुना पठाइसकेका छाँै ।” नुनखानी उत्खनन गर्न आवश्यक सहयोगका लागि स्थानीयवासीले सरोकारवालासँग सहयोग मागेपछि स्थलगत अवलोकनमा गएको एक टोलीले अन्य क्षेत्रमा रहेको तातोपानीभन्दा स्वाद फरक रहेकाले पनि यसको अनुसन्धान आवश्यकता रहेको बताएका थिए । रासस

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}