Home » » संसद्को पहिलो बैठक आज, प्रधानमन्त्रीलाई राजीनामा दिन दबाव

संसद्को पहिलो बैठक आज, प्रधानमन्त्रीलाई राजीनामा दिन दबाव

काठमाडौं, असोज १५ । व्यवस्थापिका–संसद्को अधिवेशन शुक्रबारबाट सुरु हुने भएको छ । संविधानसभाले संविधान बनाइसकेपछि व्यवस्थापिका–संसद्मा रूपान्तरण भएको संसद्को पहिलो बैठक शुक्रबार १ बजे बस्दै छ ।

बैठकमा राष्ट्रपति डा. रामवरण यादवले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने सभामुख सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
संसद्को यो अधिवेशनले नयाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखको चयन गर्नेछ । नयाँ संविधानको व्यवस्थाअनुसारका संघीय संरचनाहरू निर्माण भइनसकेकाले रूपान्तरित संसद्ले नै संघीय व्यवस्थापिकाको समेत जिम्मेवारी पूरा गर्नुपर्नेछ ।

नयाँ संविधानको संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा १९६ अनुसार संविधानसभाबाट संविधान घोषणा भएपछि स्वतस् व्यस्थापिका–संसद्मा रूपान्तरण हुने र त्यसको कार्यकाल ०७४ माघ ७ गतेसम्म कायम हुनेछ । यसअघि व्यवस्थापिका–संसद्को हैसियतमा संविधानसभाले गर्दै आएका काम र प्रक्रियामा रहेका विधेयकहरू स्वतस् संसद्मा आउने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री निर्वाचन
शुक्रबार प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिएर मार्गप्रशस्त गरेमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रियासमेत सुरु हुनेछ ।त्यसैले एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिन दबाव दिएको छ । सभामुख नेम्वाङले प्रधानमन्त्रीको राजीनामा आउन सक्ने बताए । संविधानको धारा १९८ मा व्यवस्थापिका–संसद्को अधिवेशन प्रारम्भ भएको मितिले सात दिन ९२२ असोज० भित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ । राष्ट्रपतिले ८ असोजमा संसद् अधिवेशन आह्वान गरेका थिए । संसद्मा रहेका ३१ दलबीच सहमति नभएमा राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न सूचना जारी गर्नेछन् ।

बहुमतीय प्रक्रिया सुरु भएमा बढीमा दोस्रो चरणमा देशले नयाँ प्रधानमन्त्री पाउनेछ । यसअघि १७ पटकसम्म प्रधानमन्त्री चयनका लागि निर्वाचन गर्नुपरेको नजिरलाई मध्यनजर गर्दै संसद् कार्यसञ्चालन नियमावली संशोधन गरिएको थियो । प्रधानमन्त्री चयनका लागि उम्मेदवार धेरै भएर मत विभाजन हँुदा पहिलो चरणमा कुनै पनि प्रस्तावका पक्षमा बहुमत नआउन सक्छ । त्यस्तो अवस्थामा पहिलो र दोस्रो हुुुुनेका बीचमा दोस्रो चरणमा हुने मतदानले प्रधानमन्त्री निर्वाचित गर्ने पक्का छ । पहिलो चरणको निर्वाचनले परिणाम दिएमा २९ असोज र नदिएमा असोजभित्रै देशले नयाँ प्रधानमन्त्री पाउनेछ ।

संविधानको धारा २९९ अनुसार संसद् अधिवेशन सुरु भएको २० दिनभित्र सभामुख र उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ । सहमति नभएमा सभामुख र उपसभामुख पनि बहुमतका आधारमा निर्वाचित हुनेछन् । संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन प्रक्रिया सुरु हुनेछ । नेपालको संविधानको धारा १९७ ९२० अनुसार सहमति नभएमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि पनि ९३० अनुसार बहुमतीय प्रक्रिया सुरु हुने आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}