Home » » चीनले भारतलाई धम्की दियो– चीनविरोधीहरुसँग हेलमेल बढाए ठीक हुने छैन

चीनले भारतलाई धम्की दियो– चीनविरोधीहरुसँग हेलमेल बढाए ठीक हुने छैन

काठमाडौं, ऐजन्सी । मालबार नौसेना अभ्यासमा भारतले जापानसँग जोडिएको घटनालाई लिएर चीनले कडा प्रतिक्रिया दिएको छ । चीनले भारतलाई चीनविरोधीमा खेमामा अन्य देशहरुले तान्ने कोशिस गरिरहेकोले त्यसबाट सावधान हुन चेतावनी दिएको छ ।

चिनियाँ सरकारले आधिकारिकरुपमा यो अभिव्यक्ति नदिएपछि अप्रत्यक्षरुपमा सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा लेखमार्फत चीनले भारतलाई अन्य देशहरुले चीनकाविरुद्ध उपयोग गर्न सक्ने कुरामा सतर्क रहन भनेको हो । मालाबार संयुक्त सैन्य अभ्यासमा अमेरिका, जापान र भारतले भाग लिइरहेका छन् ।

आइतबारका दिन चीनको युनान राज्यमा १० दिवसीय भारत चीन आतंकवाद निरोधक संयुक्त सैन्य अभ्यास चलेको भोलीपल्ट बंगालको खाडीमा भारत, अमेरिका र जापानले त्रिपक्षीय सैन्य अभ्यास सुरु गरेको लेखमा उल्लेख गरिएको छ । ‘कनकरेंट इंडिया ड्रिल्स स्पार्क नेसेसरी स्पैक्युलेशन’ शीषर्क भएको लेखमा अगाडि उल्लेख छ, ‘मालाबार द्विपक्षीय नौसैन्य अभ्यास हो । यसमा अमेरिका र भारतको संलग्नता रहेपछि नयाँ दिल्ली र बाशिङ्गटनले जापानलाई स्थायीरुपमा सहभागी गर्नेकुरामा विचार गरिरहेका छन् ।

लेखमा यो सैन्य अभ्यासको लक्ष्य चीन भएकोले भारतले सतर्क हुनु जरुरी भएको बताइएको छ । भारत र चीनबीचको द्विपक्षीय सम्बन्धको निरन्तर विकास कुनै मतभेदका कारण बाधित हुन नहुने भन्दै यही विषयमा मोदीको चीन भ्रमणको बेला सहमति समेत गरिएको जनाइएको छ । “त्यसैले भूराजनीतिक प्रतिष्पर्धा गर्न खोज्ने या चीनविरोधी कुनै पनि योजना या कदममा भारतले साथ दिनु त्यो भारतका लागि नै हानिकारक हुने छ ।” लेखमा भनिएको छ ।

स्मरणीय कुरा के छ भने जापान र चीनका बीचमा विगत लामो समयदेखि समुन्द्री क्षेत्रलाई लिएर ठूलो विवाद चलिरहेको छ । अमेरिका र चीनका बीचमा पनि व्यापारिक सम्बन्ध भएपनि सुमधुर सम्बन्ध भने छैन । यो अवस्थामा भारतले चीन र जापानसँग मिलेर चीनविरोधी गतिविधि गर्न सक्ने चीनको आँकलन रहेको छ ।
चीनले यसअघि पनि सीमाक्षेत्रमा तेश्रो देशसँग मिलेर या अरु कुनै सोचले चीनविरोधी गतिविधिलाई बढावा नदिन भारतलाई चेतावनी दिँदै आएको छ । खासगरी भारतीय मिडियाहरुले चीनविरोधी मानसिकताको निर्माण गर्दै आएका छन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}