
|
|
काठमाडौं, असोज १५ । अवरुद्ध तातोपानी नाका खोल्न जनदबाब दिने उद्देश्यले कार्यकर्तासहित सिन्धुपाल्चोक पुगेका एमाओवादी नेता अग्नी सापकोटाले सरकार सक्रिय भएको भए अहिलेसम्म नाका खुलिसक्ने बताए ।
एभरेष्टदैनिकडटकमसँग कुरा गर्दै सापकोटाले स्थानीय पहल भन्दा पनि मेशिनको काम रहेकोले सरकारले उच्च क्षमताको ढंगा फोड्ने मेशिन नपठाएकोले ढिलाई भएको बताए । “अहिले एक सय हर्सपावरको मेशिन छ, २ सयको पठाइदिनुपर्छ । ब्रेकर पनि लैजानुपर्ने देखिन्छ । हामीले श्रमदान गर्ने काम भन्दा मेशिनले नै गर्ने काम बढी छ ।” सापकोटाले स्थानीय सडक विभागले आफ्नो क्षमताले भ्याएसम्म काम गरेको भएपनि उच्च क्षमताको अभावमा छिटो हुन नसकेको बताए ।
“आज सरकारी निकायसँग कुरा गर्छु, चीनतर्फको बाटो क्लियर छ । उनीहरुले छिटै नाका सुचारु होस् भन्ने चाहेका छन् ।” सापकोटाले भने ।
बिहिबार एमालेसम्बद्ध अखिल र एमावादी निकट अखिल क्रान्तिकारीको टोली अवरुद्ध सडकखण्डमा पुगेको थियो । आफुहरुको श्रमदानबाट ाबटो चाँडो खोल्ने उद्देश्यले टोली गएको भएपनि ढुंगा फोड्ने काम मेशिनले मात्रै गर्न सक्ने भएकाले टोलीले जनदबाब दिने काम बाहेक अरु गर्न सक्ने अवस्था नरहेको सापकोटाले बताए ।
नेपाल सरकारले चिनसँग बाटो खोल्न बारम्बार अनुरोध गरेपनि नेपालकै द्रुत पहल आवश्यक रहेको टोलीको निष्कर्श छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

