
|
|
कुवेत – गैरकानुनीरुपमा कुवेतमा बिबाह गरी बसोबास गर्दै आएकी एक नेपाली महिला दुधे बालिकासहित कुवेतस्थित नेपाली दूतावस पुगेकी छिन् । सुनसरी घर भएकी कमला आचार्य शुक्रबार दुतावासमा आफ्नो ७ महिने छोरी लिएर पुगेकी हुन् । ५ बर्ष पहले घरेलु कामदारका रुपमा कुवेत आएकी कमला १ बर्ष बित्न नपाउँदै घरबाट भागेकी थिइन् । ४ बर्ष पहिले कुवेतमा विराटनगरका झरारी राजबंशीसँग प्रेममा परेपछि उनीसँगै कुवेतको हसबियामा कमला बस्दै आएकी थिइन् । तर, करिब १ महिना पहिला झरारी राजबंशीलाई कुवेत प्रहरीले समातेपछि उनीसँगै ७ महीने छोरीको भबिश्य अन्योलमा परेको छ ।
तान्जिप कम्पनीमा स्काफफोल्डिङमा कार्यरत झरारीसँग कमलाको कुवेत आएको ३ महिनापछि परिचय भयो । परिचयसँगै ९ महिना सम्मको बोलचालले झाँगिएको उनीहरुको माया प्रेमले दुबैलाई गैरकानुनीरुपमा बस्न बाध्य बनायो । कमलाले काम गर्दै आएको घर छोडिन् भने झरारिले पनि कम्पनी छोडेर गैरकानुनी रुपमा ४ बर्षदेखिसंगै बस्दा उनीहरुबाट छोरीको जन्म भयो । बाबुआमा दुवै गैरकानुनी भएपछि छोरी पनि स्वतः गैरकानुनी वासिन्दा भएपछि नेपाल जाने सक्ने सम्भाबना छैन । उनको र छोरीको पालनपोषण गर्ने झरारी जेलमा छन् । छोरीलाई कसैले धर्मपुत्री बनाए कमला नेपाल जाने सोँचमा छिन् । यो भन्दा पहिले पनि कमलाको बिहे भएको थियो । उनको पहिलो श्रीमान्बाट ६ वर्षकी छोरी पनि छिन् । तर श्रीमानको मृत्यु भए पछि उनी कुवेत आएकी थिइन् । दुबैले घरमा बिहे गरेर बसेको जानकारी गराइसकेका छन् । कुवेतमा आममाफी खुलेपछि नेपाल जाने भनि बसेका थिए तर झरारीलाई प्रहरीले पक्राउ गर्यो । अहिले उनलाई भने घर पठाउने तयारी गरिएको छ । ३ पटक सम्म प्रहरीमा जाँदा आमालाई पनि मुद्दा चलाएर गरेर पठाउन मिले पनि गैरकानुनी रुपमा जन्मिएको बच्चा आममाफी बिना पठाउन नमिल्ने बताएको उनलाई सहयोग गरिरहेका मध्य पश्चिम सेवा समाज कुवेतका अध्यक्ष गणेश राउत बताउँछन् । अब उनको अन्तिम उपाय छोरी कोही कसैलाई दिएर नेपाल जाने । कमला अहिले छोरीलाई धर्मपुत्री बनाउने मान्छे खोज्दै छिन् रे नेपाली समाजसंग सहयोगको अपिल पनि गरेकी छन । शुक्रबार नेपाली दुतावासमा अवैध रुपमा काम गरीरहेका नेपालीहरुको समस्या र समाधान र नेपालीहरुले अकालमा ज्यान गुमाउनको कारण र यसको न्यूनीकरण सम्बन्धी बृहत् सामूहिक छलफल कार्यक्रम भएको थियो जसमा राजदूत सहित दुताबास परिवार, कुवैतबासी नेपाली समाजका प्रतिनिधिहरु, मेन पावर ब्यबसायी, पत्रकारहरुको उपस्थिति थियो । सोही कार्यक्रममा कमलाले आफ्नो दुःख पोखेकी थिइन् । दूतावासले कमलालाई सक्दो सहयोग गर्ने आश्वासन दिएको छ । दुताबासका अनुसार कुवेतमा ४ हजारभन्दा बढी नेपाली कामदार गैरकानुनी रुपमा बसोबास गर्दै आएका छन् । श्रोत रातो पाटि

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

