Home » » बालुवा डाँडाकी सरिता तिमल्सिना घिमिरेलाई तातो पानी खन्याएर हत्या गरी रुखमा लगेर झुण्डाईयो :: थप जानकारि

बालुवा डाँडाकी सरिता तिमल्सिना घिमिरेलाई तातो पानी खन्याएर हत्या गरी रुखमा लगेर झुण्डाईयो :: थप जानकारि

खिल प्रसाद तिमिल्सेना - काठमाडौं, २३ असोज । एक साता अघि मृत भेटिएकी ललितपुरको ठूलादुर्लुङस्थित बालुवाडाँडाकी सरिता तिमल्सिना (घिमिरे) को मृत्यु रहस्यमय बनेको छ । यही असोज १७ गते आइतबार बिहान झुन्डिएको अवस्थामा फेला परेकी साढे चार महिनाकी गर्भवती तिमल्सिनाकोे मृत्युलाई हत्या भएको आशंका उनका माइती पक्ष र सरोकारवालहरुले गरेको रहस्यमय बनेको हो ।


मृतकको माइती पक्षले हत्याको आशंका गरेपछि उनका श्रीमान उपेन्द्र घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको र अस्पतालले दिएको पोष्टमर्टमको रिपोर्टमा सत्यता नभएको भन्दै उनका माइती पक्ष र सरोकारवालहरुले आइतबार राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् ।

माइती पक्षले गरेको दावी अनुसार मृतक सरितालाई तातो पानी खन्याएर हत्या गरी रुखमा लगेर झुण्ड्याइएको हो । मृतकको शरीर भरी निलडाम रहेको तस्वीरहरु समेत उनीहरुले रेकर्डमा देखाएका छन् । कक्षा ९ मा पढ्दै गरेकी १९ वर्षीया सरिता तिमल्सिनासँग ७ महिना अघि उपेन्द्र घिमिरेले आफूखुशी विवाह गरेका थिए । मृतकका फुपुका छोरा राजन प्रसाद बञ्जराले आफ्नी बहिनीको हत्या भएको हुनसक्ने आशंका व्यक्त गरे ।

‘बहिनीको शरीर भरी पोलेको फोकाहरू छन, छाला पुरै खुइलिएको छ । हामीले त्यसको पनि मेडिकल रिपोर्ट मागेका छौ । मृतकको घाँटीमा पनि एउटा डोरीको निसाना पहिले नै थियो र पछि झुन्डिएको डोरीको निसाना अर्कै छ’ बन्जाराले भन्नुभयो। ‘एउटा डोरीले पासो लाएको भए दुइ ओटाको निशाना कसरी आयो ?’ उनको प्रश्न छ । बन्जाराले बहिनीको आधा शरीर भुईमा लत्रिएको भन्दै बसेर घाँटीमा डोरी लगाएजस्तो देखिएको बताए । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}