
|
|
काठमाडौं, असोज २१ । सरकारले भारतीय सरकारी निकाय इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई दिँदै आएको पेट्रोलियम निर्यात एकाधिकार तोड्दै तेल आयातका लागि ग्लोबल टेन्डर खोल्ने भएको छ। भारतले असुरक्षाका नाममा नाकाबन्दी लगाउँदा पेट्रोलियम अभाव चर्किएपछि सरकारले वैकल्पिक व्यवस्था गर्न एउटा देशमाथिको निर्भरता तोड्न लागेको हो।
त्यसका लागि नेपाल आयल निगमले बिहीबार सार्वजनिक सूचना जारी गरी तेल निर्यातकर्तालाई आह्वान गर्दैछ। त्यसका लागि निगमले आन्तरिक गृहकार्य पूरा गरिसकेको छ। बुधबारै सूचना जारी गर्ने गरी काम गरिए पनि नभ्याइएकाले बिहीबार सूचना निकाल्ने तयारी भएको गरेको आजको नागरिकमा खबर छ।
भारतले १४ दिनदेखि पेट्रोलियम पदार्थ आपूर्ति ठप्प पारेपछि विकल्प खोज्दै सूचना निकाल्ने भएको हो। ‘विश्वका कुन देशले हामीलाई तेल उपलब्ध गराउन सक्छ, त्यसको खोजीसहित सूचना निकाल्न लागेको हो,’ स्रोतले भन्यो।
भारतको अघोषित नाकाबन्दीले आजित जनताले दसैंमा राम्रोसँग घर जान पाउने गरी काम हुने स्रोतको भनाइ छ। ‘सूचना निस्केपछि विश्वका तेल निर्यातकर्ताले आवेदन हाल्छन्,’ स्रोतले भन्यो, ‘त्यसलाई जतिसक्दो चाँडो छानेर निर्यातका लागि स्वीकृति प्रदान गछरैं ।’
वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका उच्च अधिकारीलाई निगममै बोलाएर तत्काल विकल्प अगाडि ल्याउन निर्देशन दिएको हो। सोहीअनुरुप निगमले सूचना निकाल्न लागेको स्रोतको दाबी छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई तत्काल पेट्रोलियम पदार्थको विकल्प सोच्ने जिम्मेवारी दिएको थियो। त्यहीअनुसार मन्त्री थापाले निगमलाई स्पष्ट खाका ल्याउन निर्देशन दिएको हो।
मन्त्रालयस्रोतका अनुसार तत्काल भारतबाट तेल आउने छाँट नदेखिएपछि निगमले तेल आयात गर्न कम्पनी छनोटका लागि सूचना निकाल्ने तयारी थालेको हो। निगमका अनुसार दसैंतिहारमा काठमाडौंबाट बाहिरिने लामो दुरीका यातायातलाई तेल अभाव हुन नदिने बताएको छ।
निगमले जहाजबाट तेल ल्याएर भए पनि लामो तथा छोटो दुरीका यातायातलाई तेल दिने बताएको हो। त्यसका लागि जहाजबाट इन्धन ल्याउने तयारीमा जुटेको छ। ‘दसैंतिहार नजिकिएकाले सार्वजनिक सेवा र सवारीलाई समस्या हुँदैन,’ स्रोतले भन्यो, ‘निगमले जुनसुकै विकल्प अपनाएर भए पनि तेल उपलब्ध गराउँछ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

