
|
|
गत साता शुक्रबारबाट प्रदर्शनमा आएको हलीउड चलचित्र ‘एभरेष्ट’ले अहिले दर्शकहरुबाट राम्रो प्रतिक्रिया बटुल्दै गएको छ। अधिकांश दृश्य नेपालमा खिचिएका कारणले गर्दा पनि चलचित्र ‘एभरेष्ट’ हेर्न नेपालीहरु पनि उत्साहित भएका छन्। चलचित्र भित्र नेपालका मनोरम दृश्यहरु कैद गरिएको छ।
न्युजिल्याण्ड र अमेरिकाका पर्वतारोही रब अल र स्टिकर फिचरको सन् १९९६ मा सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएको सत्य घटनामा आधारित रहेर विश्व चर्चित कम्पनी युनिभर्सल पिक्चर इन्टरनेशनल र वर्किङ टाइटल प्रालिले ९४ मिलियन डलर खर्च गरेर बनाईएको हलिउड फिचर चलचित्र हो ‘एभरेष्ट’।
प्रदर्शनमा आउनु भन्दा अगाडी नै चलचित्र एभरेष्ट इटाली, अमेरिका, फ्रान्सलगायतका देशमा प्रिमियर भइसकेको थियो। यो चलचित्रमा ११ जना नेपाली शेर्पा तथा माउन्टेन गाइडले अभिनय गरेका छन्। चलचित्रमा नेपालका आङफुला शेर्पाको भने भुख्य भुमिका रहेको छ। नेपाली कलाकार तथा नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा हेलिकोप्टरको पाइलटको छोटो भूमिकामा छन्।
चलचित्रको छायांकन काठमाडौं र सोलुखुम्बुका विभिन्न ठाँउहरु लुक्ला, फाप्दिङ, नाम्चे, तेङबुचे, फेरुचे, लोपुचेलगायत विदेशका विभिन्न ठाँउमा गरिएको हो। यस अगाडि हलिउडमा कुनै पनि चलचित्रमा सगरमाथालाई कथावस्तु बनाएको पाइदैन। बाल्टासुर कोर्माकुरले निर्देशन गरेको यो चलचित्रमा हलिउडका चर्चित कलाकारहरुले अभिनय गरेको देख्न सकिनेछ। चलचित्रमा जेसन क्लार्क, जोस ब्रोलिन, जोन हक्स, रोविन राइट, साम वार्थिङ्टनको मुख्य भूमिका छ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |
