Home » » भारतीयहरूले पुनर्विचार गर्छौं भनेका छन्

भारतीयहरूले पुनर्विचार गर्छौं भनेका छन्

भारतीय विदेशमन्त्री सुष्मा स्वराज र वाणिज्यमन्त्री निर्मला सिथारमणसँग तपाईको भेटवार्ता कस्तो रह्यो ? 
म साउथ एसिया इकोनोमिक कन्क्लेभमा भाग लिन दिल्ली आएँ । यसक्रममा नेपालमा अहिले सीमापार आपूर्ति व्यवस्थामा उत्पन्न समस्याबारे भारतको संस्थापक राजनीतिक तहमा कुराकानी गरेँ र नेपालका तर्फबाट यथार्थ कुराहरूको जानकारी गराएँ । आपूर्ति खोल्ने प्रयासका लागि मैले भेटघाटको प्रयास गरेँ, भलै मेरो कार्यक्रम अर्कै थियो । त्यसक्रममा भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग भेट्ने अवसर मिल्यो । उहाँ अमेरिका जान लाग्दालाग्दै समय दिनुभयो र खुलस्त कुराकानी भयो । उहाँले कुराकानीका लागि ‘टाइम इज ओपन’ भनेर नेपालका तर्फबाट मैले राखेको चासोबारे महत्त्व दिनुभयो । त्यसपछि आपूर्तिमन्त्री निर्मला सिथारमणसँग पनि बुधबार औपचारिक भेटवार्ता गरेँ । यसबाहेक नेपालसँग सरोकार राख्ने अन्य भारतीय मित्रसँग पनि मैले कुराकानी गरेर नेपाललाई परेको अहिलेको असरबारे जानकारी गराएँ । अहिले पेट्रोलियममन्त्रीसँग टेलिफोन कुराकानी गर्ने प्रयत्न गरिरहेको छु । उनी बिहारमा रहेको हुनाले टेलिफोनमा नेपालको समस्या र सरोकार राख्ने नै छु ।


अहिले जे–जे समस्या भयो, त्यसलाई कोट्याउनेभन्दा पनि हिजोको संकट कायमै रहे आगामी दिनमा उत्पन्न हुने राजनीतिक मात्र होइन, अन्य भूराजनीतिकलगायतका समस्या र चुनौतिहरुका बारेमा मैले यहाका मन्त्रीजी र अन्य मित्रहरुलाई कुरा राखो । मैले यसबारे उहााहरुलाई सजग पनि गराएको छु । भेटवार्ताहरुबाट मेरो निस्कर्ष के रह्यो भने नेपाल भारतको राजनीतिक नेतृत्वसाग इन्गेज रहनुपर्छ, टाढा भएर निकास निस्किदैन । मैले जे प्रयास गरो, यसबाट सन्तुष्ट छु र परिणाम निस्किनेमा आशावादी छु । 

कहिलेदेखि नाकाबन्दी अन्त्य हुन्छ ? 
यतिदिन भनेर अहिले नै नभनौं । इन्गेजमेन्ट भएर यसलाई निस्कर्षमा पुर्‍याउनुपर्छ भन्ने मेरो मान्यता हो । आज वाणिज्यमन्त्रीसँग मैले कुराकानी गरिसकेपछि सुनौली नाकाबाट केही ट्रक, पेटोलियम पदार्थ र अन्य सामान गएको छ । यो संयोग हुन पनि सक्छ, नहुन पनि सक्छ । गुडविल र वेस्ट विसेसमा पनि हामीले काम गर्नुपर्छ ।
सरकारको दृष्टिकोणमा अहिले देखिएको समस्याको जड के हो ? 
हामी स्पष्ट छौं कि अहिले भारतबाट जानुपर्ने वा भारत भएर जाने तेस्रो देशका सामान नेपालतर्फ रोकिएको छ । आपूर्ति बन्द भएको छ । सप्लाइ रुट निरन्तर हुनुपर्छ, रोकिनु वा काटिनुहुन्न भन्ने मेरो र नेपाल सरकारको दृष्टिकोण हो । अहिले यसमा समस्या आएका कारण काठमाडौंसहित देशबासीहरुको जनजीवन प्रभावित भएको छ । अहिलेको समस्या राजनीतिक त छादैछ, आपूर्ति लाइन र लजिस्टिक लाइन क्लियर हुनुपर्छ भन्ने हाम्रो धारणा हो । मैले यो कुरा स्पष्टसँग भारतीय मन्त्रीहरुसँग राखेको छु ।
नेपालका कारण यो समस्या आएको होइन, भारतकै कारण हो । तपाईले भारतीयहरुसँग यो समस्याको जड के पाउनुभयो ? 
यसमा राजनीतिक जटिलता पनि देखिएको छ । कर्मचारीतन्त्रसाग जोडिएको जटिलता पनि छ । यसमा लजिस्टिक र सप्लाइ चेनका समस्या प्रमुखरुपमा देखिइसकेको छ । तीनवटै कुराले समस्या उत्पन्न भएको हो भन्ने मेरो बुझाई छ ।
अहिलको नाकाबन्दीका बिषयमा भारतका मन्त्रीहरुले के भने ? 
उनीहरु अत्यन्तै चिन्तित भएको मैले पाएको छु । यो अवस्था आउनु नहुने थियो तर समस्या आइसकेको हुनाले चाडो भन्दा चाडो समाधान गर्नुपर्छ । यसको बाटो खोज्छौं भन्नुभएको छ । भारतका तर्फबाट समाधानको पाटो छ भने खोज्न तयार छौं भनेर उहाँहरुले मलाई आश्वस्त पार्नुभएको छ । त्यसकारण अहिले के भयो भन्दा पनि अब यस्ता घटना नहुन् भनेर सजगता अपाउनुपर्छ भन्नेमा उहााहरु र हाम्रोबीचमा सहमति नै छ । ड्यामेज कन्ट्रोलतिर कसरी जाने भन्नेमा उहााहरु पनि हुनुहुन्छ, हामी पनि छौ । वाणिज्यमन्त्री आफौले मलाई भन्नुभयो, भारतीयहरुको हजारौं ट्रक सामान सीमानामा अड्किएको छ । यसबाट भारतीयहरुलाई पनि घाटा भएको छ, नेपालीलाई त भएकै छ । यो कुरा उहाँहरुले महसुस गर्नुभएको छ । भारतमा उत्पादन भएको हिरो मोटरसाइकल, टाटा स्टिल पनि गएको छैन नेपालमा । मैले समग्रमा नेपालका तर्फबाट पारदर्शी हिसाबले कुरा गरेको छु । समस्याको समाधान खोज्नुपर्छ , ढिलाई गर्नु हुन्न भन्ने उहााहरुको प्रतिवद्धता आएको छ । कार्यान्वयन हुनेछ भन्नेमा म अपेक्षा गर्छु । तर हामीले यत्तिकैमा छाड्नु हुादैन, भारतीय मित्रहरुसाग निरन्तर इन्गेज भएर समाधान निकाल्नुपर्छ ।
भारतको राजनीतिक नेतृत्वसाग ग्याप थियो, तपाई आएर त्यसको फुलफिल भएको भन्न खोज्नुभएको हो ? 
हामीले यथार्थमा हेर्नुपर्छ । यो समस्याको जन्म राजनीतिक, व्युरोक्रेटिक र अन्य कारणले भएको हो । लजिस्टिक र सप्लाई चेनको बिषयमा नेपालको राष्टिय हितलाई मध्यनजर राख्दै भविश्यमा यस्ता घटना नदोहोरिउन् भन्नका लागि सबै कुरा राखेको छु ।
तर, भारतीयहरुले नेपालमा सुरक्षा छैन त्यसकारण सामान रोकिएको भनिरहेका छन्, तपाईाले कसरी आस्वस्त पार्नुभयो ?
मैले के भनेको छु भने भारतको बोर्डरबाट नेपालको बोर्डरसम्म सामान आएपछि ट्रकको सुरक्षाको सतप्रतिशत जिम्मा नेपाल सरकारले लिन्छ । नेपालतर्फ एउटा भारतीय गाडीमाथि पनि तोडफोड भएको छैन, आगजनी भएको छैन । यो कुरा मैले भनेको छु । व्यापार सहजीकरणका लागि, सुरक्षाका लागि वाणिज्यमन्त्रीको हैसियतले मैले प्रत्याभूति गरेको छु । भारतका ट्रकलाई नेपालमा लैजाने मात्र होइन कि फर्काएर सीमासम्म पुर्‍याउन सरकार प्रतिवद्ध छ ।
भारतीय पक्ष विश्वस्त भयो त ?
भारतीय पक्षले हामी रिभ्यु गर्छौा भनेका छन् । मेरो कुरा सुनिसकेपछि विदेशमन्त्री र वाणिज्यमन्त्रीले भन्नुभयो, ‘तपाईाको कुरालाई हामी मान्यता दिन्छौा । हामी पुनर्विचार गर्छौा ।’ म नेपाल फर्केपछि प्रधानमन्त्रीज्यूसाग कुराकानी गर्छु र सामूहिकरुपमा हामीले यसबारे थप निर्णय लिएर अघि बढ्छौ । सरकारले भारतसँग थप कुराकानी गर्नेछ । हाम्रो अबको रणनीति र कार्ययोजना प्रधानमन्त्रीसँग कुराकानी गरेर तय गर्छौ ।
(विहीवार स्वदेश फर्किन लागेका आपूर्तिमन्त्री थापासँग नेपाली दुताबास नयाँ दिल्लीमा नयाँ पत्रिकाका पर्शुराम काफ्लेले गरेको कुराकानी ) 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}