Home » » भारतीय हेपाइको पराकाष्ठा, फेरी रोक्यो पेट्रोलियम पदार्थ दिन

भारतीय हेपाइको पराकाष्ठा, फेरी रोक्यो पेट्रोलियम पदार्थ दिन

काठमाडौं,असोज २८ । नेपाललाई पेट्रोलियम बेच्ने एकाधिकारप्राप्त इन्डियन आयल कर्पोरेसन (आइओसी) ले सोमबार नेपाल आयल निगमलाई फोन गरेर भन्यो, ‘चाहिएजति पेट्रोलियम पदार्थ लिन आउन’ स्टकसमेत रित्तिएर आकुलव्याकुल बनेको निगमका उच्च अधिकारी आइओसीको फोनबाट हौसिए र तुरुन्तै १ सय ७२ वटा ट्यांकर भारतका विभिन्न नाकास्थित डिपोमा तेल भर्न पठाए।

परिस्थिति भने त्यसको ठिक उल्टो भयो, आइओसीले तेल दिन ठाडै अस्वीकार गरिदियो, भारतीय पम्पले तेल दिन मानेनन्।

‘हाम्रा ट्यांकर पुगेर पेट्रोलियम पदार्थ माग्दा आइओसीले ठाडै अस्वीकार गरिदियो,’ निगम उच्चस्रोतले भन्यो, ‘यसअघि एकपटक यस्तै धोका पाए पनि अब त त्यसो नहोला भन्ने विश्वास गरेका थियौं तर भारतले पुरानै रवैया दोहोर्याुयो। यो हेपाइको पराकाष्ठा हो। यसमा सरकार बोल्नुपर्छ।’

बुधबार त झन् एक थोपै तेल दिएन आइओसीले।

फेरि यस्तो किनरु स्रोतका अनुसार बुधबार निगमका उच्च अधिकारीले पटक–पटक फोन गरे तर उता टेलिफोनै उठाइएन।

आइओसीले आफू माथि पर्न आयल निगमबाट पठाइएका पौने २ सय ट्यांकरमध्ये बढीमा आधा दर्जनलाई तेल भरिदिएको छ। ‘तर उसले कतिसम्म बदमासी गर्यो२ भने तेल लोड भएका कुनै पनि ट्यांकरलाई नेपाल छिर्नै नदिएर उतै रोकिदियो,’ स्रोतले भन्यो, ‘यसबारे सरकार र राजनीतिक नेतृत्वले बोल्नुपर्योा।’

निगमका अनुसार बुधबार इन्धन भर्न बरौनी ४०, रक्सौल ६३, बेतालपुर ३८, गोन्डा १९ र बन्थरामा १२ गरी १ सय ७२ ट्यांकर पठाइएको थियो। तीमध्ये १० प्रतिशतमा आइओसीले इन्धन भरिदिएको छ। ती ट्यांकरलाई पनि नेपाल आउन दिइएको छैन।

निगमले मंगलबार डिजेल र पेट्रोल गरी बाग्मती अञ्चलमा मात्रै ७ लाख ५० हजार लिटर वितरण गरेको थियो। ‘हामीले मंगलबार साढे ७ लाख लिटर पेट्रोल र डिजेल वितरण गर्यौं।, त्यसलाई उपभोक्ताले एकैपटक भारतबाट ठूलो परिमाणमा आएको भन्ने बुझे,’ निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘नाकाबन्दी लागेकै बेला भारतमा लोड भएका ट्यांकर तीन सातापछि एकैदिन छुट्दा बढी देखिएको हो। वास्तविकता त्यस्तो होइन।’

निगमका अनुसार नाकाबन्दी सुरु भएयता मुश्किलले दिनमा औसत ४ वटा ट्यांकर नेपाल भित्रिएका छन्। नाकाबन्दीअघि सामान्य दिनमा औसत २ सयभन्दा बढी ट्यांकर नेपाल आउँथे।

नयाँ सरकार गठन भएसँगै सहज रुपमा पेट्रोलियम पदार्थ दिन थालेको आइओसीले आपूर्ति फेरि कटौती गरेको छ। सीमावर्ती क्षेत्रमा रहेका आइओसीका डिपोहरुले मुम्बईस्थित मुख्यालयको आदेश भन्दै बुधबार भारत पुगेका ट्यांकरमध्ये आधा दर्जनलाई मात्रै तेल दिएको आयल निगमले जनाएको छ।

आइओसीका डिपो पुगेका ट्यांकरमध्ये १० प्रतिशतलाई मात्रै तेल दिएको निगमले जनाएको छ। बिनाकारण पेट्रोलियम पदार्थ आपूर्ति कटौती गरेपछि बुझ्न खोज्दा फोन नउठेको स्रोतले बतायो।

‘बेतालपुरमा हाम्रा ३८ वटा ट्यांकर पुगेका मध्ये पाँचवटामा डिजेल र एउटामा पेट्रोल दिएको छ,’भट्टाराईले भने, ‘मुम्बईको आदेश भन्दै त्यहाँ पुगेका सबै ट्यांकरलाई तेल दिएनन्।’

आइओसीले शनिबारदेखि लोडिङ बढाएर तेल दिएको थियो। शनिबारै आइओसीले निगमलाई टेलिफोन गरेर मागअनुसार पेट्रोलियम पदार्थ दिने भन्दै ट्यांकर पठाउन आग्रह गरेको थियो। आइओसीको आग्रहपछि निगमले स्कर्टिङ गरेर ट्यांकर नाकापारि पठायो।

स्रोतका अनुसार इन्धन आपूर्ति कटौतीबारे मुम्बईका अधिकारीसँग छलफल गर्न खोज्दा उनीहरु सम्पर्कमै आएनन्। ‘के कारण पेट्रोलियम पदार्थ कटौती भएको हो, बुझ्न चाहेका छौं तर आइओसीका अधिकारीले कुनै रेस्पोन्स गरेनन्,’ स्रोतले भन्यो, ‘आइओसीको यो रबैयाले जनता हैरान छन्।’

नागरिकमा प्रकाशित खबर

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}