
|
|
धौलागिरी अप्डतेस, काठमाडौँ,७ मंसिर । मधेसमा जारी आन्दोलनले सय दिन पार परेको अवसरमा सोमबार माइतिघरमा आयोजीत कार्यक्रमबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लखेटिएका छन् ।
मोर्चाले माइतिघरमा आयोजना गरेको मौन धारणा तथा श्रद्धाञ्जली सभामा यादवलाई लखेटिएको हो । यादवले सभाको सम्वोधन गरेर सहभागीसँग कुराकानी गर्दै थिए । सोहि समयमा एक लामो कपाल पालेका जट्टाधारी युवकले उनलाई लखेटेका छन् ।
पहिले उनले यादवसँग मधेसीको आन्दोलनका कारण तेल, ग्यास नपाएको र जनताले दुःख पाएको गुनासो पोखेका थिए । उनले भने, ण्ज्ञघघआन्दोलनका कारण म र म जस्ता नेपालीको घरमा चुल्हो बलेको छैन, के–को आन्दोलन हो, जनतालाई दुःख दिने काम गर्ने ।’ उनको स्वर झनै चर्को हुँदै गयो । उनी यादवको नजिकै पुगेर उनीमाथि जाइलाग्न थाले । त्यत्तिकैमा पहिले केही शब्द बोलेर टार्न खोजेका यादवको पछि बोलती बन्द भयो ।
युवक विस्तारै आक्रोशित हुँदै गएपछि यादव एकैछिनमा कुलेलाम ठोके । यादव टाप कसेपछि ती युवाले मधेस आन्दोलनविरुद्ध नाराबाजी गर्न थलेपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

