Home » » यस्तो अनौठो कारणले गर्दा चीनमा प्रतिबन्धित छन् यी ५ चिज

यस्तो अनौठो कारणले गर्दा चीनमा प्रतिबन्धित छन् यी ५ चिज

चीन दुनियाको एउटा यस्तो देश हो जसको बारेमा केही न केही कुरा जान्नका लागि मानिसहरु हरहमेशा उत्सुक रहन्छन् । चाहे त्यो त्यहाँको संस्कृतिसँग जोडिएको कुरा होस् वा फेरि खानपान ।
चीनमा विभिन्न चिज तथा गतिविधिहरु प्रतिबन्धित छन् । त्यसरी विभिन्न चिजवस्तु तथा विषयहरुमा प्रतिबन्ध लगाउनुका केही कारणहरु समेत निकै अचम्मका हुने गरेका छन् । चीनमा प्रतिबन्ध लगाइएका ५ चिज र तिनको प्रतिबन्धको कारण यस्तो छः


१. हलिउड चलचित्र अवतारः सन् २०१० मा रिलिज भएको किर्तिमानी हलिउड चलचित्र अवतारले चीनमा पनि कमाइको रेकर्ड कायम गर्दै थियो । तर दुइ हप्तापछि यसलाई सरकारले प्रतिबन्ध लगायो । चिनिया फिल्म भन्दा यो फिल्म बढि सफल बन्दै गएपछि सरकारले यस्तो कदम चालेको बताइन्छ । यद्यपि यसको टू डी भर्सनमा मात्र प्रतिबन्ध लगाइएको थियो र थ्री डी भर्सन हेर्ने भने अनुमति थियो ।
२. चमेलीः के तपाइँलाई थाहा छ चीनमा चमेली फूलमाथि पनि प्रतिबन्ध छ ? हो, चमेलीसँग जोडिएका हरेक चिज चीनमा प्रतिबनिधत छन् । सन् २०११ मा ट्युनिसियामा भएको चमेली क्रान्तीपछि चीन सरकारले यस्तो प्रतिबन्ध लगाएको हो । अहिले चीनमा न त यो फूलको बिक्रिवितरण हुन्छ, न त घरमै सजाउन पाइन्छ । साथै चमेली सँग सम्बन्धित गीत गाउन तथा यो शव्द उच्चारण गर्न पनि पाइँदैन ।
३. सैनिकमाथि इनटरनेट प्रतिबन्धः चीनमा सैन्य सेवासँग सम्बन्धित मानिसहरुका लागि इनटरनेट प्रतिबन्धित रहेको छ । न त उनीहरुले इन्टरनेटको प्रयोग गरी नयाँ जागिर खोज्न सक्छन् न त इनटरनेटमा साथीहरुसँग कुराकानी नै गर्न पाउँछन् । साइबर क्याफेमा गएर समेत इन्टरनेट चलाउन पाउँदैनन् । सेनाको गोप्यता लिक नहोस् भनेर यस्तो नियम राखिएको हो ।
४. जुवाः चीनमा जुवा खेल्नु, खेलाउनु पूर्ण रुपमा प्रतिबन्धित रहेको छ । सन् १९४९ देखि यस्तो प्रतिबन्ध लगाइएको हो । चीनमा क्यासिनो खोल्ने अनुमति पनि छैन । जुवाको शोख रहेकाहरुले सरकारद्धारा संचालित दुइ चिठ्ठा कार्यक्रममा भाग लिन पाउँछन् ।

५. इलिस इन वन्डरल्याण्डः यो कहानीलाई लेविस क्यारोलले लेखेका हुन् । यो कथाको किताब तथा टेलिभिजन सिरियल पनि बनिसकेको छ । तर चीनमा भने सन् १९३१ देखि यो प्रतिबन्धित रहेको छ । जनावरहरुले पनि मानिसजस्तै कुराकानी गर्ने गरेको यो कहानीको विषय चीन सरकारलाई मन परेनछ । यसो गर्दा जनावरलाई पनि मानिस बराबरको दर्जा दिइएको भन्ने लागेछ र उसले कृतिलाई प्रतिबन्धित गरेको छ । एजेन्सीको सहयोगमा

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}