Home » » छोरी जन्माउने श्रीमतीलाई विदेशबाट श्रीमानको यस्तो फोन आएपछि

छोरी जन्माउने श्रीमतीलाई विदेशबाट श्रीमानको यस्तो फोन आएपछि

काठमाडौं/ नौं महिना व्यग्र प्रतिक्षापछि त्रिवि शिक्षण अस्पतालको प्रसुती वार्डमा छोरी जन्मिदा सिन्धुलीकी तिर्सना कार्की (नाम परिबर्तन ) कम्ता खुसी थिइनन् । सुत्केरी पीडालाई भुल्दै सकिनसकी छोरीलाई काँखमा राखेर रमाइरहँदा एकाएक एउटा फोनको घण्टीले भने उनमा छाएको खुसीयाली एकाएक निराशामा बदलियो ।
चिकित्सकबाट सामान्य शल्यक्रियाबाट जन्मिएकी छोरीका साथ त्रिवि शिक्षण अस्पतालको बर्थिङ सेन्टरको वार्डमा भर्ना भएकी उनलाई वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका उनका श्रीमानले फोन त गरे तर उनलाई उत्साह र हौसला दिनुको साटो हतोत्साहित र निरास बनाए । शिशुको जन्मसँगै प्रसुति वार्डबाट बर्थिङ सेन्टरमा सारिएकी उनले शिशु जन्माएको मात्रै केहि घण्टा बितेको अवस्थामै श्रीमानले विदेशबाट फोन गरेर हतोत्साहित बनाउने काम गरेका हुन् । ‘

छोरी पाउनु थियो त पहिल्यै जाँच गरेर फाल्नु पर्थेन त’ आक्रोशित मुद्रामा श्रीमानले फोनमा भनेको सोहि वार्डमा पुगेको संवाददाताले सुनेको थियो । लाउड स्पीकर बनाइएको उक्त फोनमा उनले कुराकानीका क्रममा छोरी जन्मिनुले आफ्नो सम्पूर्ण गुमेको गलत मनसाय समेत राखेका थिए । श्रीमानसँग खुसीयाली बाँड्ने आशाका साथ कार्कीकी आफन्तको सहयोगमा भएको उक्त कुराकानीमा उनलाई श्रीमान प्रदीपले यस्तो गाली गरेका हुन् । प्रदीप झण्डै ७ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेको बताइएको छ । श्रीमानसँगको कुराकानीपछि भाबुक बनेकी उनी तनाव मुक्त हुनुको साटो चुपचाप छोरीतर्फ हेरेर बसिरहेकी थिइन् । बरु श्रीमानले हतोत्साहित बनाउने काम गरेपनि कुरुवाको रुपमा आएकी जेठानीले भने उनलाई उत्साह दिँदै सबै ठिक हुने भन्दै सुझाइरहेकी थिइन् । ‘सन्तान जन्मिदा खुसीको हुनुपर्ने उल्टै गालीको गर्नुहुन्छ’, कार्कीकी जेठानीले फोन कुराकानीपछि गुनासो गर्दै भनिन्, ‘आशाका साथ फोन गरेकी थिइन् तर निराश भइन् ।’ छोराछोरी बराबरी हुनुपर्ने भन्दै समानताको नारा घन्किरहेको तथा समाज आधुनिकतातर्फ उन्मुख भएको भनिइरहेको बेला प्रदीपले फोनमार्फत श्रीमतिले छोरी जन्माएकै आधारमा गाली गर्नुलाई अझैंपनि समाज कहाँ छ भन्ने प्रष्ट भएको छ । हुन त कार्की एक उदाहरणमात्रै भएपनि यस्तै समस्या समाजमा व्यप्त रहेकाले यसलाई चिर्न आवश्यक रहेको जानकारहरुको जोड रहेको छ । छोराछोरी बराबरी हुन् र छोरी पनि छोरा सरहनै सक्षम छन् भन्ने सन्देश फैलाउन सकेको अवस्थामा यस्ता समस्यालाई स्वत चिर्न सकिने जानकारहरुको भनाई छ । यस्तो हुन सकेको अवस्थामा कयौं कार्कीहरुले श्रीमान र परिवारबाट पनि मानसिक यातना खेप्नु नपर्ने र परिवारमा खुसीयाली कायमै रहने पक्का छ । यसैबीच श्रीमानको फोनपछि निराश बनेकी कार्की शनिबार डिस्चार्ज भइसकेकी छन् । दुई दिन अस्पताल बसेर डिस्चार्ज हुँदासम्म उनको मुहारमा खुसीको भन्दा चिन्ताको भाव प्रष्ट देखिन्थ्यो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}