Home » » ज्योती मगरलार्इ रामप्रसाद खनालको सुझाव- लोकगीत छाडेर ब्लू फिल्म खेल

ज्योती मगरलार्इ रामप्रसाद खनालको सुझाव- लोकगीत छाडेर ब्लू फिल्म खेल

काठमाडौं । ६० को दशकमा नेपाली टेलिभिजनमा लोकदोहोरीलाई प्रवेश गराउने श्रेय रामप्रसाद खनाललाई जान्छ । लोक गायकका रूपमा समेत स्थापित खनाल यतिबेला अमेरिकामा रहेर संचारकर्म र गायन यात्रालार्इ सँगसँगै अगाडी बढाइरहेका छन् ।
पछिल्लो समयमा गायिका ज्योती मगरको उत्ताउलो भिडियो सार्वजनिक भएपछि खनाललाईसमेत चित्त बुझेको रहेनछ । उनले आफ्नो फेसबुकमा लामो स्टाटास लेख्दै ज्योतीलाई नाङ्गिएर लोकदोहोरीको बेइज्यत गर्नुभन्दा निलो फिल्म खेल्न सुझाव दिएका छन् । ज्योतीमात्र हैन, उनले गीतका लेखक, म्यूजिक भिडियो निर्देशक, बजार ब्यबस्थापन गर्ने म्यूजिक नेपाल र संचारमाध्यमले गल्ती गरिरहेको उनको अारोप छ ।


यस्तो छ ज्योतीको गीतमाथि रामप्रसादको सुझाव-
ज्योति मगर, ब्यक्तिगत रुपमा उनलाई जे मन लाग्छ गरुन, त्यो उनको स्वतन्त्रता र अधिकार हो । तर, यि “उत्ताउली” नानीले केही समय यता लोकगीत दोहोरी गीत क्षेत्रको नराम्रोसँग बेइज्यत गर्दैछिन् ।
धेरै पटक यिनका उत्ताउला र सीमा नाघेका गीत भिडियो सुनेपछि हेरेपछि मन अमिलो भएर आउँथ्यो, लेखौँ लेखौँ लागेर पनि भैगो “गुलाई चलाई मुख भरी छिटा” किन गराउनु भन्दै चुप लागि बसेँ ।
तीन दिनदेखि उनको बारेमा अनलाइनहरु फेसबुक र ट्विटर अनी यु ट्युब मा आइरहेका प्रतिकृया हेरेपछि मलाई निम्न कुरा भन्न मन लाग्यो रिसानी भए पनि मलाई कुनै गुनासो हुने छैन :

१. लोक गीत र दोहोरी गीत, तीज गीत भनेको हरेक नेपालीको मन हो, मुटु हो ज्योति तिमी यो क्षेत्रको लागि अनुपयुक्त छौ । यो पवित्र क्षेत्रलाई तिम्रो नग्नता र उत्ताउलोपनले दुसित पार्ने धृष्टता नगर । चर्चा कमाउनकै लागि हो भने, देखाएकै भर मा हिट हुने भुत चढेको हो भने, तिमीलाई “निला फिल्म” खेल्दा चर्चित हुन झन छिटो होला बरु त्यतै लाग्छेउ कि नानी !
२. हाम्रा अग्रजहरुले, हामीहरु सबैले, कल्पना गरेको, दु:ख गरेको, लागेको लोक दोहोरी क्षेत्र ज्योतीको “देखाउने” क्षेत्र होइन । ज्योति नानी तिमी लोक दोहोरीको नाम लिएर यसलाई बिटुल्याउने काम नगर । तिम्रा बाबु आमा दाजुभाइ दिदी बहिनी वा कोही आफन्तजन सँगसँगै बस, तिम्रै उत्ताउलोपना हेर, देखाउ अनी वहाँ हरुलाई सोध, तिम्रो अन्तर मन लाई सोध, के तिमी ठीक गर्दैछौं ?
म्युजिक नेपालप्रति म अति सम्मान गर्दछु । म्युजिक नेपाल हामी सबै नेपाली कलाकारको माइती हो, मावली हो, कर्म घर हो, सङ्रालय हो, जहाँबाट मेरा पनि थुप्रै गीती एल्बम सिडी भिसिडी डिभीडी प्रकाशित भएका छन् । यस्तो सम्मानित संस्थाले “ढाडे बिरालो” नाम को बिकृतिको पराकाष्टा तिज गीत र उत्ताउली ज्योति मगरको नग्न नाच बेच्ने भएछ ! आस्चर्य लाग्यो । म्युजिक नेपालले यसमा पुनर्बिचार गरोस् ।
४. ज्योति मगरका लागि यो गीत लेख्ने गीतकार, गाउने गायक गायिका, भिडियो निर्देशन गर्ने निर्देशक सबैलाई म बिनम्रता पूर्वक आफ्ना आमा बाबु श्रीमती छोरा छोरी र आफन्तजन सँगसँगै बसेर यो ढाडे बिरालो र ज्योतिको नाङ्गो नाच हेर्न चुनौती दिन्छु, सक्नुहुन्छ तपाईंहरु ?
५. मगर र गुरुङ जाती नेपाली लोक संस्कृतिका खानी हुन, म उनीहरुलाई उच्च सम्मान गर्दछु । मगर थर कि उत्ताउली यि ज्योति नानीलाई तपाईंहरुले पनि खबरदारी गर्ने कि !
५. लोक गीत, दोहोरी गीत क्षेत्रमा ज्योति नानी मात्र एक्लै छैनन यसमा सहायक अरु पनि छन । जसले चर्चा कमाउनकै लागि लोक दोहोरी क्षेत्रको मर्यादा बिर्सिन थालेका छन । उल्टा सिधा गीत गाएर, मोडलिङ गरेर हिट हुने सपना साँच्दैछन । तिनका नक्कल, पहिरन, बोली भाषा, स्टाइलहरु देख्दा आची गर्ने लाई भन्दा देख्ने लाई लाज भने जस्तो हुन्छ किन बुझ्दैनन् उनिहरु ?
६. दर्शक श्रोता हामी सबै कलाकारका न्यायाधिश हुन, अब दर्शक श्रोताले पनि यि “देखाउन “आउने” हरु लाई छि-छि र दुर-दुर गरिदिनुपर्‍यो ।
यी हुन् तीज गीत निकाल्ने गायिका श्रीदेवी देवकोटा
यी हुन् तीज गीत निकाल्ने गायिका श्रीदेवी देवकोटा
७. कलाकारसँग सम्बन्धित संघ संस्थाहरु सबैले सोच्नु पर्‍यो, के कलाकार भनेको “देखाउने” मात्र हो ? कलाकारको अनुशासन, मर्यादा हुँदैन ?
८. राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान यसमा अझ बढी सक्रिय हुनुपर्‍यो । यो क्षेत्रलाई बदनाम हुनबाट बचाउन एउटा आचारसंहिता बनाउनुपर्‍यो । नत्र हाम्रो क्षेत्र धराशायी हुने छ । मलाई आशा छ, म लोकदोहोरीको क्षेत्रमा सक्रिय रहेका बेला मसँग सहयोगीका रुपमा सँगै काम गरेका भाई बहिनीहरु अहिले प्रतिस्ठानको नेतृत्वमा हुनुहुन्छ, वहाँहरुले केही न केही पक्कै गर्नुहुने छ भन्ने मैले आशा राखेको छु ।
९. अन्त्यमा मिडिया र पत्रकारहरु सँग पनि गुनासो : यस्ता उत्ताउला उत्ताउली लाई हाइलाइट गर्ने, चर्चामा ल्याइदिने मिडिया र मिडिया कर्मीहरु के तपाईंहरु ठीक गर्दै हुनुहुन्छ ? अशल कलाकार, अनुशासित र मर्यादित कलाकार लाई कहिलै हाइलाइट गरिन्छ मिडियामा ? योगदान को चर्चा हुन्छ मिडियामा ? कृपया गलत सँस्कारलाई प्रश्रय नगरौँ ।

स्पस्टोक्ति : यि उत्ताउली र यो गीतमा संलग्न उत्ताउलाहरुको यो भिडियो यहाँ शेयर गर्न पटक्कै मन छैन तर यत्रो भूमिका लेखिसकेपछि यही भिडियो यहाँ नराखे पाठकलाई बुझाउन नसकिने भयो त्यसैले यो उत्ताउलो भिडियो पनि यहाँ राखिएको हो बुझिदिनुहोला । यसपछि ज्योति पनि सहि बाटोमा आउन, यो गीत गाऊने, लेख्ने, अभिनय गर्ने, निर्देशन गर्ने सबैका आँखा खुलुन्, दर्शकले पनि जजमेन्ट गरुन् भनेर माथिको यो स्टाटस लेखिएको हो । धन्यवाद

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}