Home » » अन्याय गरेको भन्दै मोदी सरकारलाई कब्जामा लिने आइएसको भिडियोपछि भारतमा तनाव

अन्याय गरेको भन्दै मोदी सरकारलाई कब्जामा लिने आइएसको भिडियोपछि भारतमा तनाव

कार्तिक, एजेन्सी ।
छुट्टै स्लामिक राज्यको माग गर्दै सशस्त्र आन्दोलनरत अतिवादी संगठन स्लामिक स्टेट (आइएस)ले भारतलाई पनि नियन्त्रणमा लिने धम्की सहितको भिडियो सार्वजनिक गरेपछि भारतमा हंगामा मच्चीएको छ ।
फ्रान्सको राजधानी पेरिसमा सांघातीक हमला गर्न सफल भएको आइएसले फ्रान्समा आफुहरु सफल भएको र विश्वलाई नै हल्लाएको निश्कर्ष सहित अब भारतमा हमला गर्ने तयारी गरेको दाबी गरेको छ ।

आइएसले भारतमा रहेका मुस्लीमलाई वर्तमान सरकारले अधिकार दिनुको साटो थप पीडा दिएको आरोप समेत लगाएको छ ।
आइएसले भारतीय प्रधानमन्त्रीको हेपाहा नीतिका कारण भारतमा रहेका मुस्लीमहरु अन्यायमा परेको भन्दै भारतको केन्द्रीय सत्तामाथि आक्रमण गर्ने धम्की दिएको हो ।
आइएसको धम्कीपुर्ण भिडियो सन्देश आएपछि दिल्लीमा खैलाबैला मच्चीएको छ । केन्द्रीय सुरक्षा निकायहरुको निरन्तर गोप्य बैठक बसिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

समाचार स्रोत : नेपाल सन्देश

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}