Home » » गल्कोटमा उपप्रधानमन्त्री के.सी.लाई नागरिक अभिनन्दन

गल्कोटमा उपप्रधानमन्त्री के.सी.लाई नागरिक अभिनन्दन

बालकृष्ण सुवेदी,
बागलुङ— जिल्लाको मल्ममा जन्मिएर नेपाल सरकारको उपप्रधान, सहकारी तथा गरिवि निवारण मन्त्री चित्रबहादुर केसीलाई गल्कोटमा नागरिक अभिनन्दन गरिएको छ । गल्कोटमा जन्मिएर सरकारको उपप्रधानमन्त्री बन्न सफल भएकोमा के.सी.को अभिनन्दन गरिएको हो । गल्कोट उच्च माविका पूर्व प्रधानाध्यापक समेत रहेका के.सी.को अभिनन्दनमा गल्कोट उच्च माविले अभिनन्दन कार्यक्रमको आयोजना गरेको थियो ।

सो अवसरमा आँफुलाई अभिनन्दन गर्न कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे । सो अवसरमा केसीले नेपालको राष्ट्रियता, अखण्डता र स्वाभिमानको विरुद्धमा सरकारले कुनै सम्झौता नगर्ने बताउनु भएको छ । गलकोटको हटियामा भएको कार्यक्रममा उप्रधानमन्त्री केसीले सार्वभौम मुलुक नेपालले आफ्नो संविाधान कस्तो बनाउने भन्ने कुरा आफैले निर्णय गर्न सक्ने भन्दै त्यसप्रति छिमेकी मुलुक भारतले टाउको दुखाउनुपर्ने कुनै कारण नरहेको बताउनुभयो । उहाँले नेपालीले आफ्नो घरभित्रको समस्या समाधान गर्न आफै सक्ने भएकाले छिमेकीले संविधान निर्माणमा असहमती राखेर नाकावन्दी गर्नु हेपाहा प्रवृत्ति र अपरिपक्व कुटनितीको परिणाम भएको दावि गर्नुभयो । यसै बीच केसीले तराईमधेशका जिल्लालाई पहाडबाट छुट्याउने सड्यन्त्र भएको भन्दै मधेशीले भने जसरी सिमाङ्कन गर्न नसकिने तर्क गर्नुभयो । पुर्वप्रधानाध्यपक समेत रहनुभएका उप्रधानमन्त्री केसीलाई गलकोट उच्चमावि हटियाले गरेको अभिन्नदन कार्यक्रममा बोल्दै भारतले भुपरिवेष्ठित मुलुक नेपाललाई पारवहन अधिकारबाट बञ्चित गर्नु अन्तराष्ट्रिय सन्धि विपरित भएकाले त्यसको समाधानको लागि सरकारले कुटनैतिक रुपमा पहल गरिरहेको बताउनुभयो । केसीले सरकारमा रहँदासम्म निस्वार्थ भएर जनताको काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले सहकारी मार्फत गरिवी निवारण गर्नुपर्ने भन्दै मन्त्रालयबाट सहकारी एैन संसोधन प्रक्रिया अघि बढार्ईएको र वास्तविक गरिव पहिचानको लागि पहिलो चरणमा २५ ओटा जिल्लामा काम सुरु गरिने जानकारी दिनुभयो । पहिलो चारणमा काम हुने २५ जिल्लामा बागलुङ पनि परेको केसीको भनाई छ । केसीले गलकोट बहुमुखी क्याम्पसको स्मृति हलको उद्घाटन गर्नुभएको छ ।
Source: Nawasandesh

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}