
|
|
क्यालिफोर्निया । के क्यालिफोर्नियामा स्थानीय समयअनुसार ४ बजे ठूलो भूकम्प आउँला ? हामी यसै भन्न सक्दैनौ, किनकी भूकम्पबारे अहिलेसम्म कुनै भविष्यावाणी सत्य सावित भएका हामी पाउँदैनौ ।
यति भन्न सक्छौ कि भूकम्प पृथ्वीमा आउँछ तर यसको कुनै पूर्व निर्धारित मिति, समय र स्थान हुँदैन । हालै डच रिसर्चर फ्राङ्क होगेरबीट्सले भने मिति र समय नै तोकेर भूकम्पको भविष्यवाणी गरेका छन् ।
जसले अहिले संसारभरी हलचल मच्चाएको छ । उनले शुक्रबार पृथ्वी र चन्द्रमाको अवस्था बदलिने दावी गरेका छन् । उनले एक भिडियो नै जारी गरेका छन् । जसलाई अहिलेसम्म करोडौं मानिसहरुले हेरिसकेका छन् ।
अन्य विशेषज्ञहरुले भने फ्रैंकले भनेजस्तो पृथ्वी र चन्द्रमाको स्थिति बदलिन सम्भव नै नरहेको दावी गरेका छन् । फ्रैंकले आफ्नो युट्युब भिडियोमा क्यालिफोर्नियाको समुद्री भागमा सन् २०११ मा जापामा आएको भन्दा ठूलो भूकम्प आउने दावी गरेका छन् ।
हालै नेपालमा आएको ७.८ रेक्टरस्केलको भन्दा ठूलो भूकम्प आउने उनको दावी छ । उनले ९.८ सम्मको भूकम्प आउने दावी गरेका छन् ।
उनले आफ्नो दावीलाईं सही सावित गर्नका लागि सोलार सिस्टम स्कोप नामक एक कम्प्युटर प्रोग्रामको सहायता लिएका छन् ।
उनका अनुसार ग्रहको स्थितिमा ५ वटा परिवर्तन हुँदैछन् र यसको सबैभन्दा धेरै असर पृथ्वी र चन्द्रमामा पर्नेछ । चुम्बकीय बदलाबका कारण पृथ्वीमा भूकम्पजस्ता प्राकृतिक प्रकोप आउने सम्भावना छ ।
उनले ट्वित गर्दै २८ मे र यसको आसपासमा सतर्क भएर बस्न आग्रह गरेका छन् । यद्धपी धेरैजस्तो भूगोलविद्हरुले यसलाई गलत दावी गरेका छन् । उनीहरुले ग्रहको स्थिति बदलिदैमा भूकम्प जाने कुरा तर्कसंगत नभएको बताएका छन् ।
उनले जारी गरेको भिडियो हेर्नुहोस्

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

