
|
|
तपाई हलिउडमा निर्माणधीन चलचित्रमा काम गर्न जाँदै हुनुहुन्छ, कस्तो तयारी गर्नु भएको छ ?
हलिउडमा बन्दै गरेको चलचित्र द ग्यादरिङमा काम गर्न जाने तयारीमा छु । त्यसका लागि मैले स्काइपमा अन्तर्वार्ता दिइसकेको छु । चाँडैनै चलचित्रको छाँयाकनका लागि जाने तयारीमा जुटेको छु ।
द ग्यादरीङ कस्तो चलचित्र हो, त्यसका तपाईको भूमिका कस्तो छ ?
यो चलचित्र एक्सन प्रधान चलचित्र हो, यो चोरीको कथाबस्तुमा आधारीत छ । विषेशत बैंकमा चोरी हुन्छ, चोरीमा सलग्न मध्येमा म पनि छु । त्यहाँ नेपालमा जस्तो कसको ठुलो कसको सानो भूमिका भन्ने हुदैन । सबैको उस्तै भूमिका हुने गर्दछ । मेरो त्यसमा एक्सन रोल रहेको छ । यो क्षेत्रमा प्रवेश गर्नु भएको कति समय भयो ? आफैले तीन वटा सर्ट मूभि बनाएको छु । जुन प्रदर्शनमा पनि आईसकेको छ । म प्रेम कथामा आधारीत भन्दा पनि मासिनको मनोबल बढने खालको चलचित्रमा काम गर्ने सोचमा छु । मैले बनाएको सर्ट मुभि पनि त्यस्तै छन् । मैले केही गित पनि लेख्ने गरेको छु । मैले आफै पनि कथा लेख्ने गरेको छु ।
चलचित्र क्षेत्रमा काम गर्न परिवारको कस्तो सहयोग छ ?
पहिला पहिला त समस्या हुने गर्दथ्यो, अहिले मैले मेरो परिवारलाई यो क्षेत्रको बारेमा बुझाईसकेको छु । अहिले कुनै पनि समस्या छैन । अहिले त परिवारले सहयोग नै गर्नु भएको छ । मलाई खुसी लागेको छ ।
नेपाली चलचित्रमा काम नपाएर हलिउडमा जान लाग्नु भएको हो ?
हैन, नेपाली चलचित्रमा पनि अफर आएको हो तर राम्रो चलचित्रमा अफर आएन । राम्रो विषय बस्तु भएको चलचित्रमा अफर नआएकाले काम गर्न मन नलागेको हो । केही चलचित्रमा कुरा भएको हो । कुरा गर्दा राम्रो कुरा हुने गर्दथ्यो । जो सँग कुरा हुन्थ्यो उनीहरु केही दिन कुरा गर्ने अनि फोन नउठाउने गर्दा उनीहरुसँग कुरा गर्न मन लागेन ।
उनीहरुले केही दिनमा फोन नउठाउने कारण के रहेछ त ?
कुरा गर्दा उनीहरुको माग सोहि प्रकृतिको हुने गर्दथ्यो, मलाई मन परेन । उनीहरुले तपाईसँग समय बिताउन चाहेको भन्न खोज्नु भएको हो ? हो केहीले त्यस्तो अफर गरे मैले त्यो स्विकारीन । किन भने म यो क्षेत्रमा लागेको, भर्खरै हो । म काममा विश्वास गर्छु, त्यसैले राम्रो काम गर्छु कसैसँग रात बिताउनु पर्छ भन्ने मान्यता कहिल्यै राखिन र राख्दिन पनि ।
भन्दा रात बिताउने अफर पनि आउने गर्छन ?
आउने गर्छन म सिधै अस्विकार गर्छु । मलाई परिश्रम गर्नु छ, शरिर देखाएर चर्चामा आउनु छैन ।
नेपाली चलचित्रमा अर्धनग्न तस्विर सार्वजनीक गरेर चर्चामा आउने चलन छ नि ?
म राम्रो कलाकार बनेर देखाउछु, जसले अहिले मलाई काम दिन्छु भनेर फोन उठाएनन, उनीहरुलाई जवाफ दिनु छ । म आफ्नो अर्धनग्न तस्विर सार्वजनकि गरेर कहिल्यै पनि चर्चामा आँउदीन । मलाई नाँगिएर दर्शकको मन जित्नु छैन ।
अहिले सम्म त्यस्तो तस्विर खिच्नु भएको छैन ?
ग्ल्यामर फोटो त खिचेको छु । तर सेक्सी, अर्ध नग्न तस्विर छैनन् । सेक्सी देखिन नाङगीनै पर्दैन, मान्छेलाई त आँखाले पनि सेक्सी देखाँउछ । मलाई नाङगो जिउ देखाएर भन्दा फेसको एक्सपीरियन्सले नै सेक्सी देखाँउछ । कलाकारको ग्ल्यामरस भनेको फेसमा हुनु पर्छ, शरिरमा होइन । फेसले पनि सेक्सी देखाँउछ ।
तपाईलाई मन पर्ने कलाकार ?
हरिवंश आचार्य, माधुरी दिक्षित, श्री देवी, साकिरा मन पर्छ ।
तपाई प्रेममा पर्नु भएको छ की छैन ?
अहिले सम्म छैन ।
आजसम्म कसैले प्रपोज गरेका छन की छैनन् ?
उमेर हो प्रपोज त गरिहाल्छन नी । तर मैले यो विषयमा सोच बनाएकी छैन । कसले कति प्रपोज गर्यो भनेर मैले गनेको छैन् ।
तपाई अश्लिल चलचित्र कत्तिको हेर्नुहुन्छ ?
(मुस्कान सहित) हेरेको छैन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

