Home » » भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हराउने नेपालीलाई सुनौलो मौका – सम्पूर्ण नेपालीले एक पल्ट यो लिंक भित्र छिरेर पढ्नुहोस र यहाँ भने जस्तै गरि भोटिंग गरि नरेन्द्र मोदी लाइ बिश्वको उत्कृस्ट ब्याक्ति छनोट बाट बाहिर निकाल्नुहोस |

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हराउने नेपालीलाई सुनौलो मौका – सम्पूर्ण नेपालीले एक पल्ट यो लिंक भित्र छिरेर पढ्नुहोस र यहाँ भने जस्तै गरि भोटिंग गरि नरेन्द्र मोदी लाइ बिश्वको उत्कृस्ट ब्याक्ति छनोट बाट बाहिर निकाल्नुहोस |

श्रोत काठमाडौँ टुडे बाट => नेपालमा नाकाबन्दी लगाएका कारण हाल विश्वभरबाट आलोचित भइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको उत्कृष्ट व्यक्तिको छनोट सूचीमा परेका छन् । भूकम्पका कारण समस्यामा परेको नेपालले देशमा नयाँ संविधान निर्माणमार्फत दुःख बिर्सने अवसर आयो । नयाँ संविधानले देशको मुहार फेरिने र सबैको हक–अधिकार सुनिश्चित हुने धेरैले विश्वास लिए । भूकम्पका बेला सहयोग गरेको छिमेकी मुलुक भारतले पनि नेपालका ९० प्रतिशत जनताको सहमतिमा बनेको संविधानलाई अन्य विदेशी राष्ट्रले जसरी स्वागत गर्दछ भन्ने धेरैको विशवास थियो । तर, त्यसो भएन । इतिहासदेखि नेपालको हरेक क्षेत्रमा आफ्नो हैकम जमाउँदै आएको भारतले नेपालीले बनाएको आफ्नै संविधानमा हस्तक्षेप गर्यो र त्यसमा आफ्ना मागहरु तेर्सायो । तर, नेपाली राजनीतिक दलका केही राष्ट्रवादी नेताहरु भारतको नेपाल विरोधी मागलाई स्वीकार गर्न तयार भएनन् । 

त्यसपछि मोदीले धेरै चलखेल गर्ने, आफ्ना दूत पठाउने, राजनीतिक क्षेत्रमा दबाब सिर्जना गर्ने काम गरे । तर, केही नलागेपछि नेपालमाथि अन्तर्राष्ट्रिय मान्यता विपरित नाकाबन्दी लगाए । केही मधेसवादी दलले गरिरहेको मधेस आन्दोलनलाई भारतले नाकाकेन्द्रीत गरेर आन्दोलनलाई सहयोग गर्न थालेका कैयौँ घटनाहरु सार्वजनिक भए । मोदीविरुद्ध नेपाल, भारत, अन्तर्राष्ट्रिय समुदाय, गैरआवासीय नेपाली, संयुक्त राष्ट्रसंघ लगायतका समुदायले सीधै तथा सांकेतिक रुपमा विरोध जनाए । तर, पनि भारतले गरेको नाकाबन्दी कुनै पनि रुपमा हटेन । नाकाबन्दी गरेको दुई महिना बितिसक्दा नेपालमा अत्यावश्यक वस्तु आयात हुन नसक्दा नेपालीहरको दैनिकी कस्टकर बन्दै गइरहेको छ । यस्तो अवस्थामा चर्चित अन्तर्राष्ट्रिय मिडिया ‘टाइम’ले मोदीलाई विश्व वर्ष व्यक्तिका रुपमा छनोट गरेको छ । विश्वभरका ५९ जना व्यक्तिलाई उसले छनोट गरी अनलाइन भोटिङका आधारमा उत्कृष्ट घोषित गर्ने गर्छ । यसरी नेपालमाथि नाकाबन्दी गरेको मोदीलाई हराएर विश्वसामू सबैभन्दा कम भोट ल्याउने व्यक्ति बनाउने नेपालीलाई मौका आएको छ ।

मोदीले छोटो समयमा विश्वका करिब २० भन्दा बढी देशको भ्रमण गरेर आफ्नो प्रभाव बनाइरहेका छन् । तर, नेपालमा गरेको नाकाबन्दीबारे विश्व समुदायलाई अझै पूर्ण जानकारी छैन । गैरआवसीय नेपालीले विश्वका विभिन्न राष्ट्र अस्टेलिया, अमेरिका, न्यूजिल्याण्ड, बेलायत लगाएतका राष्ट्रमा विरोध प्रदर्शन गरिरहेका छन् । मोदीलाई उत्कृष्ठ वर्ष व्यक्तिको रुपमा भोटिङ गर्न अपील गरीरहेको बेलामा गैरआवासिय नेपालीहरुका विश्वभर छरिएर रहेका संस्थाहरुले नेपालमा भारतले लगाएको नाकाबन्दीको बारेमा स्पष्ट जानकारी गराएर मोदीलाई हराउने सुनौलो मौका आएको छ । मोदीलाई टाइमले विश्वका उतकृष्ट व्यक्तिको सूचीमा राखेर छनोट गर्नु एउटा प्रश्न हो भने मोदीले जितेमा, हारेमा या कम भोट ल्याएमा त्यहाँ अर्को बहस हुनसक्छ । त्यसैले मोदीलाई ‘एस’ गरेर जिताउने या ‘नो’ गरेर हराउने अर्को पक्ष बनेको छ । मोदीले जितेमा विश्वमा उनको उचाई त्यही रुपमा उठ्न सक्छ भने गतिलो गरी हारेमा उनलाई विश्वले हेर्ने नजर अर्कै हुन्छ भने नेपालको विषय पनि कही कतै उठ्न सक्छ । त्यसैले यो अवस्थामा विश्वभरका नेपाली मिलेर उनलाई ‘नो’ गरेर हराउने अवसर आएको छ । हराउने मात्र होइन उनलाई कम भन्दा कम मत दिएर हराउने अवसर नेपालीले खेर फाल्न चाहन्नन् । सो सूचीमा अमेरिकी राष्ट्रपति बाराक ओबामा, चिनियाँ राष्ट्रपति सि जिङ पिङ, फान्सका राष्ट«पति फानकोन होलेन्डी, कम्प्युटर निर्माता माइकल डेल, ब्रिटिस सिङगर एडिली, फेसबुक निर्माता मार्क जुकरवर्ग, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका छन् ।

(अनलाइन भोटिङका लागि यहाँ थिच्नुस् । त्यसपछि लिंक खुल्छ । खुलेपछि एकछिन लोडिङ हुन समय लाग्न, कुर्नुस् । त्यसपछि १ नम्बर सूचीमा रहेको व्यक्ति देखन सकिन्छ । जहाँ ती व्यक्तिको तस्बिर र सानो परिचयसँगै ‘एस’ र ‘नो’ अप्सन देखिन्छन् । छेउमा भएको ‘स्लाइड’ गर्दै जाँदा अन्य व्यक्तिहरुको नाम पनि आउँछ । मोदी ३३ नम्बरमा छन् । उनलाई जिताउन त्यहाँ दिइएको अप्सन ‘एस’ मा र हराउन ‘नो’ मा क्लिक गर्नुपर्ने हुन्छ । )

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}