Home » » अत्यावस्यकीय सेवाका सवारीलाई तेल दिन आजदेखि छुट्टै पेट्रोल पम्प

अत्यावस्यकीय सेवाका सवारीलाई तेल दिन आजदेखि छुट्टै पेट्रोल पम्प

काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न अत्यावस्यकीय सेवाका सवारी साधनका लागि तेल दिनका लागि राजधानीमा छुट्टै पेट्रोल पम्पको व्याबस्था गरेको छ ।
सवै किसिमका सवारी साधनहरु लाइनमा बसेर तेल थाप्दा अत्यावस्यकीय सेवाहरु प्रभावित भएको भन्दै अत्यावस्यकिय सेवाका सवारी साधनका लागि छुट्टै पेट्रोल पम्पको व्यावस्था गरेको हो ।


एम्बुलेस्स , शववहन , औषधीबहाक , कुटनितिक नियोगका सवारी लाई तेल हाल्नका लागि प्रहरी कल्याण कोष नक्सालको पेट्रोल पम्प तोकिएको छ ।
त्यस्तै खध्यन्न , दध , फोहरमैला ,दमकल ,प्रेस र छापाखानाका लागि तेल बाड्न नेपाली सेनाको शक्तिदेवी पेट्रोल पम्प लगनखेललाई जिम्मा दिइएको छ ।
त्यसैगरि भक्तपुर र काभ्रेका डेरी उद्योगका सवारीले भक्तपुरको गुह्यश्वर फ्युल स्टेशन बाट तेल लिन सक्ने आयल निगमले जनाएको छ । नेपाल आयल निगमले आज विहिकार १ लाख ३४ हजार लिटर डिजेल र ४२ हजार लिटर पेट्रोल वितरणको तयारी गरिरहेको छ ।
यसरी अत्यवास्यकीय सवारीका लागि छुट्टै पेट्रोल पम्पको व्यवस्था गरि वितरण गरेमा तेल वितरण व्यवस्थित हुने र अत्यवस्यकीय सेवाहरु प्रभावित नहुने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}