
|
|
४ मंसिर काठमाडौं । भारतीय नाकाबन्दीको कारण इन्धन संकट भएपछि धेरै नेपालीको घरमा चुल्हो बल्न छाडेको छ । अधिकांश उपभक्ताको भान्सामा खाना पकाउन प्रयोग हुने ग्यास, मटितेल र दाउराको पनि अभाव छ ।
जत्ति लाइन बसेपनि ग्यास नपाएका बेला नेपाल आयल निगमले शुक्रबार काठमाडौंमा ३२ वटा डिपोमा ९६ हजार टिर मटितेल बिक्री गर्ने भन्यो ।
मटितेल पाइने आसमा सबै डिपोमा उपभक्ताको ठूलो लाम लाग्यो । जर्किन बोकेर लाइनमा बसेका उपभोक्ता दिउँसो ३ बजेसम्म मटितेल नपाउँदा पनि धैर्य गरेर डिपो खुल्ने अपेक्षामा देखिए ।
धेरैजसो डिपोमा बिहीबार बिहानैदेखि उपभोक्ता लाइनमा थिए । चाबहिल गणेशस्थानको आइके स्टोरमा त झण्डै डेढ किलोमिटर लामो लाइन देखियो ।
३ हजार मटितेल लिटर वितरण हुने गणेशस्थानमा २ हजार ग्यालिन लाइनमा थिए ।लाइनको अन्तिममा भेटिएकी सिफलकी गीता पौडेलले भनिन्-‘बिहानदेखि लाइन बसेको २ लिटर मटितेल पाइन्छ अरे ।’

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

